घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका किरण ठगुन्नाको स्कटल्यान्ड उडान

घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका किरण ठगुन्नाको स्कटल्यान्ड उडान

काठमाडौं : सुदूरपश्चिम प्रदेशबाट २०८१ को प्रधानमन्त्री कपमा २ वटा शतक प्रहार गरेका किरण ठगुन्नाको चर्चा चुलियो। गत वर्षको प्रधानमन्त्री कपबाट छनौटकर्ताको नजरमा परेका किरणले पहिलो पटक राष्ट्रिय टिममा मौका बनाएका छन्।

नेपालले नेदरल्यान्ड्स र आयोजक स्कटल्यान्डसँग डबल राउन्ड रोबिनमा त्रिकोणात्मक सिरिज खेल्दैछ। यस सिरिजमा नेपालका लागि किरण ठगुन्ना र रुपेश सिंहले राष्ट्रिय टिममा डेब्यु गर्ने मौकाको प्रतिक्षामा रहनेछन्।

रुपेशले यसअघि हङकङसँगको चारदेशीय सिरिजमा टिममा मौका बनाए पनि डेब्यु गर्ने मौका भने पाएका छैनन्।

गत वर्ष ए टिममा रहेर नेपालको प्रतिनिधित्व गरेका किरणले नेपालसहित नेदरल्यान्ड्स, स्कटल्यान्ड त्रिदेशीय सिरिजमा नेपालको सिनियर टिममा स्थान बनाएका छन्। उनीसँगै रुपेश सिंहले पनि राष्ट्रिय टिमको जर्सीमा डेब्यु गर्न बाँकी छ।

बैतडीका किरणले यस वर्षको प्रधानमन्त्री कपमा दुई शतक प्रहार गर्दै नेपाली छनौटकर्ताको ध्यान आफूतिर तानेका हुन्। उनले लमहीस्थित देउखुरी क्रिकेट मैदानमा गण्डकी प्रदेशसँग १२१ रनको अविजित शतकीय पारी खेलेका थिए। उनले १०१ बलमा ९ चौका र ६ छक्का प्रहार गर्दै १२१ रनको अविजित पारी खेलेका थिए। राष्ट्रिय टिममा खेलेका धेरै ब्याटरले संघर्ष गरिरहेको देउखुरी मैदानमा किरणले भने सोही मैदानमा कोशी प्रदेशसँग पनि शतकीय पारी खेले।

कोशीसँगको खेलमा किरणले ९१ बलमा १२ चौका र ४ छक्कासहित ११५ रन बनाए। उनको शतकमा सुदूरपश्चिमले बोर्डमा राम्रो रन जोड्ने गर्थ्य। 

उनको करिअरमा प्रधानमन्त्री कप 'टर्निङ पोइन्ट हो। उनले गत वर्षको प्रधानमन्त्री कपमा गरेको प्रदर्शनका आधारमा उनले नेपाल ए टिममा मौका बनाए। ए टिममा पर्नुअघि उनले २०२१ मा प्रधानमन्त्री कपमा पहिलो खेलमा बागमतीविरुद्ध २४ र त्यसपछिका तीन खेलमा ५ रन जोड्दै कूल २९ रनका साथ प्रतियोगिता अन्त्य गरे । त्यसपछि उनले टिममा खेल्ने मौका पाएनन्।  

पहिलो खेलमा लुम्बिनीसँग १६ रनमा आउट भएका उनले त्यसपछि कर्णालीविरुद्ध ३५ बलमा ५ चौका र २ छक्कासहित ५० रन जोड्दै दुर्भाग्य रन आउट भए। गण्डकीविरुद्ध ७३ बलमा ५ चौकासहित ६० रन बनाउँदै लगातार दोस्रो अर्धशतक हाने। 

सोमपाल कामी, जितेन्द्र मुखिया र साहब आलमजस्ता बलर सम्मिलित आर्मीविरुद्ध ७४ बलमा ६ चौका र ३ छक्कासहित ६८ रन जोडेपछि छनोटकर्ताको नजरमा परेका थिए। त्यसपछि नेपालले जुलाईको दोस्रो हप्ता श्रीलंका जाने तयारीमा रहेको छ।

नेपालको त्रिकोणात्मक सिरिज खेल्ने टिम

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल कुमार शाह, भिम सार्की, वसिर अहमद, किरण ठगुन्ना (पहिलो पटक टोलीमा), दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी, सन्दीप लामीछाने, नन्दन यादव, रिजन ढकाल, लोकेश बम, रुपेश सिंह (नेपालको जर्सीमा डेब्यू गर्न बाँकी) र आरिफ शेख


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.