राति आयो बागमतीको बजेट (पूर्णपाठ)

राति आयो बागमतीको बजेट (पूर्णपाठ)

हेटौंडा : बागमती प्रदेशका अर्थमन्त्री कुन्दनराज काफ्लेले आर्थिक वर्ष २०८२/८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट प्रदेशसभामा प्रस्तुत गरेका छन् । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री काफ्लेले आइतबार राति प्रस्तुत गरेको बजेट वक्तव्यमा पुँजीगत खर्चमा ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार अर्थात् कुल बजेटको  ६१.७ ४ प्रतिशत विनियोजन गरिएको छ ।

यस्तै चालु खर्चतर्फ २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार  अर्थात् ३८.६ प्रतिशत विनियोजन गरिएको छ । बजेट वक्तव्यमा प्रदेशको आगामी वर्ष खर्च व्यहोर्ने स्रोतमध्ये कर राजस्वबाट  २८ अर्ब ८७ करोड ८२ लाख १ हजार र अन्य राजस्वबाट ६ अर्ब ७९ करोड ४ लाख १३ हजार रुपैयाँ अनुमान गरेको छ । यस्तै संघीय वित्तीय हस्तान्तरणबाट ४१ अर्ब ८१ करोड ८३ लाख र सञ्चित कोषको विविध प्राप्तिबाट १६ अर्ब ९८ करोड ९४ लाख १३ हजार रुपैयाँ खर्च व्यहोर्ने स्रोत अनुमान गरिएको छ । 

यस्तै प्रदेश सरकारले स्थानीय तहलाई वित्तीय समानीकरण अनुदानतर्फ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोगको सिफारिसमा १ अर्ब ६६ करोड २५ लाख विनियोजन गरेको छ । यस्तै सशर्त अनुदानतर्फ ३ अर्ब ४३ करोड ८८ लाख रुपैयाँ, यस्तै प्रदेशका १ सय १९ वटा स्थानीय तहका लागी समपूरक अनुदानबापत २ अर्ब ७९ करोड ८६ लाख रुपैयाँ विनियोजन गरिएको छ । null

यस्तै विशेष अनुदानतर्फ ७६ करोड ३० लाख रुपैयाँ र सवारी कर बाँडफाँटबापत प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ५ अर्ब ५० करोड रुपैयाँ हस्तान्तरण गर्ने अनुमान गरेको छ ।  बजेट वक्तव्यमा प्रदेश सरकारले आगामी आर्थिक वर्षमा स्थानीय तहलाई अनुदान र कर बाँडफाँटबापत १४ अर्ब १५ करोड ८९ लाख हस्तान्तरण गर्ने  लक्ष्य लिएको छ । 

कुन मन्त्रालयलाई कति बजेट ?  
आइतबार राति बागमती प्रदेशका अर्थमन्त्री काफ्लेले आर्थिक वर्ष २०८२/८३ का लागि  प्रस्तुत गरेको बजेट वक्तव्यमा प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई  २ अर्ब ६३ करोड ४२ लाख रुपैयाँ विनियोजन गरिएको छ । यस्तै संस्कृति तथा पर्यटन मन्त्रालयलाई ३ अर्ब ६७ करोड ७० 
लाख रुपैयाँ बजेट विनियोजन भएको छ । 

सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई २५ करोड ७८ लाख रुपैयाँ विनियोजन गरिएको छ भने, प्रदेशको उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयलाई ७७ करोड ९६ लाख विनियोजन गरेका छन । यस्तै वन तथा वातावरण मन्त्रालयलाई ३ अर्ब ९९ सय करोड ६७ लाख,  श्रम, रोजगार तथा यातायात मन्त्रालयलाई ८७ करोड ४१ लाख विनियोजन, स्वास्थ्य मन्त्रालयका लागि ३ अर्ब ९६ करोड ८८ लाख बजेटको विनियोजन गरिएको छ । 

यस्तै, सामाजिक विकास मन्त्रालयका लागि ४ अर्ब ३५ करोड ९७ लाख, विनियोजन गरिएको छ । 

पूर्णपाठ

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.