जलस्रोत विधेयक फिर्ता लिने सरकारको निर्णय
काठमाडौं : सरकारले जलस्रोत विधेयक फिर्ता लिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जलस्रोत विधेयक फिर्ता लिएको हो।
प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पनि पारित भइसकेको उक्त विधेयक फिर्ता लिइएको एक मन्त्रीले बताए। स्वार्थ समूहले विधेयक प्रभावित पारेको आशंकामा फिर्ता लिइएको हो।
विधेयकका कतिपय बुँदा स्वार्थ समूहले प्रभावित पारेको सूचना पाएपछि प्रधानमन्त्री केपी शर्मा ओली गम्भीर बनेका थिए। मन्त्रिपरिषद् बैठकमा पनि प्रधानमन्त्री ओलीले यस विषयमा गम्भीर समीक्षा गरेको स्रोतको भनाइ छ।
'जलस्रोत विधेयकमा स्वार्थ समूह हाबी भएको सूचना पाएपछि प्रधानमन्त्रीज्यु गम्भीर बन्नुभएको हो। त्यस विषयमा लामो छलफलपछि विधेयक फिर्ता लिने निर्णयमा पुग्नुभएको हो,' स्रोतले भन्यो।
प्रतिक्रिया दिनुहोस !