गौशालाकी उपमेयरलाई कार्यालय प्रवेशमा रोक


जनकपुरधाम : गौशाला नगरपालिकाकी उपप्रमुख रेणु कुशवाहालाई नगरपालिका प्रवेशमा रोक लगाइएको छ । आइतबार उपप्रमुख कुशवाहाले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलोमतोमा अनियमितताको लागि दर्ता चलानी खाली राखेको भेटाएपछि दर्ता तथा चलानी किताब खोसेको लगेको समाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् । सोही विषयलाई लिएर नगर प्रवेशमा रोक लगाएको उपप्रमुख कुशवाहको भनाइ छ।

गौशाला उपप्रमुख कुशवाहाले नगरपालिकामा आफूलाई मेयरको निर्देशनमा नगर प्रहरीले रोक लगाएको भीडीयो सन्देश जारी गरेकी छन् । भीडीयोमा उनी नगरपालिकाको मुख्य गेटमा छिर्न खोज्दा नगर प्रहरीले माथिको आदेश भन्दै उनलाई प्रवेशमा रोक लगाएको देखिन्छ।

भिडियोमा नगर प्रहरीले उपमेयरलाई प्रवेश गर्न खोज्दा मूल ढोक बन्द गरेको स्पष्ट देखिन्छ । 

उनले पटकपटक पत्राचार गरी कागजात उपलब्ध गराउन अनुरोध गर्दा पनि उपलब्ध नगराएको तथा प्रमुख प्रशासकीय अधिकृतलाई अनुगमनको लागि पत्राचार गर्दा पनि जवाफ नपठाएकाले गौशाला नगरपालिकाको दर्ता,चलानी फाइल नियन्त्रणमा लिएको दावी गरेकी छन्। 

सोमबार राखिएको कार्यपालिका बैठकमा उपस्थित हुन जाँदा मेयर डा. दिपेन्द्र महतो र प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारीको निर्देशनमा नगरप्रहरीले प्रवेश गर्न नदिएको उपमेयर कुशवाहाको भनाइ छ । 

सोही विषयमा बुझ्न खोज्दा मेयर महतो र प्रशासकीय अधिकृत अधिकारी दुवैको फोन उठेन। उनले भिडियोमार्फत् दर्ता चलानीको किताब नियन्त्रणमा लिएपछि आफ्नो कार्यकक्षमा तोडफोड समेत भएको आफूले सूचना पाएको भिडियोमार्फत् जानकारी गराएकी छन्। नगरपालिकामा मेयर डा. महतो र उपमेयर कुशवाहा जसपा नेपालबाट निर्वाचित भएका हुन् । निर्वाचनको केही महिनामै मेयर र उपमेयरबिच खटपट सुरू भएको थियो । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.