नन्दनको ठाउँमा बसिर, स्कटल्यान्डविरुद्ध नेपालले बलिङ गर्दै
काठमाडौं : नेपालले स्कटल्यान्डविरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको छ। स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा नेपालले घरेलु टिम स्कटल्यान्डविरुद्ध टस जितेको हो।
नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन्। पहिलो खेलमा नेपालले तीनपटक सुपर ओभर खेल्दै नेदरल्यान्डसँग हार व्यहोरेको थियो।
नेपालको टिममा आज एक परिवर्तन गरिएको छ। नन्दन यादवलाई बाहिर राख्दै बसिर अहमदलाई प्लेइङ सेटमा समावेश गरिएको छ। नन्दन सोमबार नेदरल्यान्डसँगको खेलमा अन्तिम ओभरको बलिङ गर्ने क्रममा घाइते भएका थिए।
नेपालको टिम
रोहित पौडेल( कप्तान),दिपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेश बम, अनिल कुमार शाह, बसिर अहमद, किरण ठगुन्ना, रुपेश सिंह, सन्दीप लामिछाने, करण केसी र ललित राजवंशी
प्रतिक्रिया दिनुहोस !