टी-२० अन्तर्राष्ट्रियमा करण केसीको १०० विकेट पूरा
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका तीव्र गतिका बलर करण केसीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेटको कोशेढुंगा पूरा गरेका छन्।
स्कटल्यान्डमा जारी त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय सिरिजमा घरेलु टिम स्कटल्यान्डविरुद्ध विकेट लिँदै करणले १०० विकेट पूरा गरेका हुन्।
उनले १.३ ओभरमा ओपनर ब्याटर जर्ज मुन्सेलाई दिपेन्द्र सिंह ऐरीको हातमा क्याच गराउँदै नेपालको जर्सीबाट अन्तर्राष्ट्रिय टी-२० मा १०० विकेट पूरा गरेका हुन्।
नेपालका लागि १०० विकेटको कोशेढुंगा पूरा गर्ने करण दोस्रो बलर हुन्। यसअघि सन्दीप लामीछानेले १०० विकेट पूरा गरेका थिए।
करणले ८०औं टी-२० अन्तर्राष्ट्रियमा आफ्नो १०० विकेट पूरा गरेका हुन्।
प्रतिक्रिया दिनुहोस !