आलमलाई सफाइ दिने न्यायाधीशमाथि छानबिन सुरु

आलमलाई सफाइ दिने न्यायाधीशमाथि छानबिन सुरु

काठमाडौं : न्याय परिषद्ले उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जमा कार्यरत न्यायाधीशद्वय डा. खुसीप्रसाद थारू र अर्जुन महर्जनमाथि छानबिन अघि बढाएको छ। थारू र महर्जनलाई बिहीबार काजमा काठमाडौं तानिएको छ।

रौतहट, राजपुर नगरपालिका–४ फरहदवा गाउँमा भएको बम विस्फोटका अभियुक्त पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई सफाइ दिएको विषयमा छानबिन गर्न न्यायाधीशद्वय थारू र महर्जनलाई काठमाडौं झिकाइएको छ। 

२०६४ चैत २७ गते फरहदवास्थित आलमको काकाको घरमा बम बनाउने क्रममा विस्फोट भएको थियो। परिषद् स्रोतले भन्यो, ‘न्यायाधीशद्वय थारू र महर्जनले आलमलाई सफाइ दिएको विषयमा पीडित पक्षबाट उजुरी परेको छ। त्यसको छानबिनका लागि काठमाडौं झिकाइएको हो।’ न्यायाधीशद्वय थारू र महर्जनलाई काजमा हाजिर हुने गरी तानिएको हो। २०८१ वैशाख १३ गते जिल्ला अदालत रौतहटका न्यायाधीश मातृकाप्रसाद आचार्यले तत्काल प्राप्त प्रमाणको अवलोकन र अध्ययनबाट आलम निर्दोष रहेछन् भन्ने अवस्था नदेखिएको उल्लेख गर्दै पुर्पक्षका लागि कारागार चलान गर्ने फैसला गरेका थिए।

जिल्ला अदालतको आदेशविरुद्ध आलमले उच्च अदालतमा पुनरावेदन गरेका थिए। जेठ १४ गते उच्च अदालतका न्यायाधीशद्वय डा. थारू र महर्जनको संयुक्त इजलासले वारदातस्थलको प्रमाण पुष्टि हुन नसकेको, ठोस सबुत प्रमाण पेस नभएको ठहर गर्दै जिल्ला अदालतको आदेश उल्ट्याएका थिए। उच्च अदालतबाट सफाइ पाएकै दिन नख्खु कारागारमा रहेका आलम रिहा भएका थिए। कारागारबाट छुटेलगत्तै आलमलाई मस्तिष्कघात भएको थियो। उपचारपश्चात आलम घरमै आराम गरिरहेका छन्। 

जेठ १६ गते अधिवक्ता युवराज सफलले छानबिनको माग गर्दै न्याय परिषद्मा उजुरी दर्ता गरेका थिए। त्यस्तै बम विस्फोटनमा छोरा गुमाएका श्रीनारायण सिंहले पनि बुधबार उजुरी दिएका थिए।

मोसो फ्याँकेपछि इजलासमा बसेनन्
जेठ २९ गते इजलासमै बसिरहेको बेला थारू र महर्जनमाथि नेकपा बहुमतका कार्यकर्ता बताउने व्यक्तिहरूले मोसो फ्याँकेका थिए। आफूमाथि मोसो फ्याँकिएको जनाउँदै न्यायाधीशद्वय थारू र महर्जनले इजलासमा बसेर न्याय सम्पादन गर्न छोडेका थिए। त्यसपछि सर्वोच्च अदालतका न्यायाधीशको अध्यक्षमा छानबिन समिति गठन गरिएको परिषद् स्रोतले जनाएको छ। 

चुनावमा नेपाली कांग्रेसबाट उम्मेदवारसमेत रहेका आलमको निर्देशनमा विस्फोटन स्थलमा जान स्थानीय बासिन्दा, प्रहरीलाई रोक लगाइएको थियो। घटनास्थल पुगेका अधिकारकर्मी कृष्ण गौतमका अनुसार, घटनाको विवरण लिने क्रममा कुनै पनि संघ–संस्थालाई बम विस्फोट भएको घरमा जान दिइएको थिएन। 

अधिकारकर्मी गौतमले भन्छन्, ‘निर्वाचनमा बुथ क्याप्चर गर्नका लागि भारतबाट बम बनाउन मानिसहरू ल्याएका र बम बनाउँदै गर्दा प्राविधिक गडबडी भएका कारणले बम विस्फोट भएको पाइएको थियो। बम बनाउँदै गरेको घरको छाना पूरै उडेको स्थानीय बासिन्दाको भनाइ थियो।’

उक्त घटनाको नेपाली कांगे्रसबाहेकका सबै राजनीतिक दलहरूले निष्पक्ष छानबिनका लागि आह्वान गरेका थिए। घटना लुकाउन आलमले घाइते भएकाहरूलाई भारतको अज्ञात स्थानमा लगी उपचार गराएको र मृत्यु भएका व्यक्तिहरूको परिवारलाई घटना विवरण नसुनाउन धम्की दिएको पीडितको भनाइ छ।

उक्त घटनामा रौतहट सरुअठा गाविस–२ का श्रीनारायण सिंहको छोरा पिन्टु सिंह भन्ने त्रिलोकप्रताप सिंह, रौतहट सरुअठा—९ का बसी अख्तार मियाँ र ठेगाना नखुलेका अर्का एक भारतीय नागरिकको ज्यान गएको थियो। ज्यान गुमाएका र घाइते भएका केही व्यक्तिहरूलाई इँटाको चिम्नीमा हालिएको दाबी गुनासो पीडित परिवारको छ। घटना भएको झन्डै १२ वर्षपछि २०७६ कात्तिक १८ गते आलमविरुद्ध मुद्दा दर्ता भएको थियो। पूर्वमन्त्री आलमलाई २०७६ असोज २६ मा पक्राउ गरिएको थियो।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.