नेपालले नेदरल्यान्ड्सविरुद्ध टस जितेर फिल्डिङ गर्दै
काठमाडौं : नेपालले नेदरल्यान्ड्सविरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको छ। स्कटल्यान्डमा जारी त्रीदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलाको तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस जितेको हो।
नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका छन्। पहिलो खेलमा नेपालले तीनपटक सुपर ओभर खेल्दै नेदरल्यान्डसँग हार बेहोरेको थियो। दोस्रो खेलमा नेपालले घरेलु टिम स्कटल्यान्डलाइ दुई विकेटले पराजित गरेको थियो।
नेपालको टिममा आज ३ परिवर्तन गरिएको छ। विकेट किपर आसिफ शेख टिममा फर्किएका छन्। अनिल कुमार शाह बेन्चमा छन्। आज भीम सार्की र आरिफ शेखले पनि टिममा मौका बनाएका छन्। यी दुई खेलाडीले किरण ठगुन्ना र बसिर अहमदलाई प्रतिस्थापन गरेका हुन्।
स्कटल्यान्डसँग खेल्ने नेपालको टिम
रोहित पौडेल( कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेश बम, आशिफ शेख, भीम सार्की, आरिफ शेख, रुपेश सिंह, सन्दीप लामिछाने, करण केसी र ललित राजवंशी
प्रतिक्रिया दिनुहोस !