नेपाललाई नेदरल्यान्ड्सले दियो १७५ रनको लक्ष्य

नेपाललाई नेदरल्यान्ड्सले दियो १७५ रनको लक्ष्य

काठमाडौं : नेदरल्यान्ड्सले नेपाललई १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ। स्कटल्यान्डमा जारी त्रीदेशीय शृंखलाअन्तर्गत बिहीबार भएको खेलमा निर्धारित ओभरको खेलमा नेदरल्यान्ड्सले ७ विकेट गुमाएर १७४ रन बनाएको हो। 

तितवुड क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सका ओपनर ब्याटर माइकल लेभिटको उत्कृष्ट ब्याटिङमा नेदरल्यान्ड्सले नेपाललाई सम्मानजनक लक्ष्य दिएको हो। माइकल लेभिटले सर्वाधिक ८६ रनको पारी खेले। उनले ५३ बलमा ६ चौका र ५ छक्का प्रहार गरे। 

अर्का ओपनर ब्याटर विक्रमजित सिंह डकआउट भए। त्यसपछिका चार वटा ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। सकिब जुलफिकरले १४ रनको पारी खेले। रोइलोफ भान मेर्वी ३६ र आर्यन दत्त १७ मा अविजित रहे। 

नेपालका लागि करण केसीले सर्वाधिक २ विकेट लिए। ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी, रुपेश सिंह र सन्दीप लामिछानेले समान १-१ विकेट लिए। 

नेपाल र नेदरल्यान्ड्सबीचको पहिलो खेलमा नेपालले तेस्रो सुपर ओभरमा गएर नेदरल्यानड्ससँग हार व्यहोरेको थियो। दोस्रो खेलमा नेपालले घरेलु टिम स्कटल्यान्डलाई २ विकेटले पराजित गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.