बाली जोगाउन खेतमा लगाइएको करेन्ट लागेर महिलाको मृत्यु

बाली जोगाउन खेतमा लगाइएको करेन्ट लागेर महिलाको मृत्यु

ढल्केवर(धनुषा) : धनुषामा बाली जोगाउन खेतमा लगाइएको करेन्ट लागेर महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा मिथिला नगरपालिका–१ ढल्केबरकी ५० वर्षीया मंगलीदेवी महतो रहेको प्रहरीले जनाएको छ।

स्थानीय रामप्रमोद महतोले आफ्नो खेतमा जंगली जनावरबाट तरकारी बाली जोगाउन लगाएको विद्युतीय धरापमा बिहीबार बिहान करेन्ट लागेर मंगलीदेवीको मृत्यु भएको इलाका प्रहरी प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जटाशंकर यादवले बताए। 

उनका अनुसार घटनास्थलमा प्रारम्भिक अनुसन्धानमा स्थानीय रामप्रमोदले जंगली जनावरबाट आफ्नो खेतमा लगाइएको तरकारी बाली जोगाउन बिजुलीको नांगो तार खेत वरिपरि तानेर करेन्ट प्रवाह गरेको पाइएको छ।

मृतक महिलाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना बारे थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.