व्यवस्था परिवर्तन नभएसम्म भ्रष्टाचार अन्त्य हुँदैन : राजेन्द्र लिङ्देन
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको व्यवस्था परिवर्तन नभएसम्म भ्रष्टाचार अन्त्य नहुने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित विद्यार्थीसँग जनप्रतिनिधि : विचार विमर्श कार्यक्रममा लिङ्देनले अहिलेको व्यवस्थाका कारण मुलुकमा भ्रष्टाचार व्याप्त भएको बताएका हुन्।
अख्तियार लगायत राज्यका महत्त्वपूर्ण निकायमा प्रमुख राजनीतिक दलको भागवण्डाबाट पदाधिकारी नियुक्ति हुने गरेकाले उनीहरूबाट भ्रष्टाचारीलाई कारबाही हुने सम्भावना कम रहेको उनले बताए। लिङ्देनले अहिलेको संविधान र व्यवस्था ल्याउने नेताहरूमा समेत समस्या रहेको धारणा राखे। अहिले मुलुकमा कहाँ भ्रष्टाचार छ भन्ने नभई कहाँ भ्रष्टाचार छैन भन्ने अवस्था आएको उनको भनाइ छ ।
त्यस्तै लिङ्देनले मुलुक संघीय संरचनामा गइसकेपछि जनप्रतिनिधिको संख्या धेरै भएको र उनीहरूलाई सुविधा दिन विदेशीसँग ऋण लिनुपर्ने अवस्था देखिएको जिकिर गरे।
प्रतिक्रिया दिनुहोस !