चितवनका ‘विडेन पावेल’ न्यौपानेलाई स्काउटको ‘सुनौलो गैँडा पदक’

चितवनका ‘विडेन पावेल’ न्यौपानेलाई स्काउटको ‘सुनौलो गैँडा पदक’

काठमाडौं : नेपाल स्काउटको ७४औँ स्थापना दिवसमा चितवनको सामाजिक क्षेत्रमा पाँच दशकदेखि काम गर्दै आएका तीर्थराज न्यौपानेलाई ‘सुनौलो गैँडा पदक’ सम्मान घोषणा गरिएको छ।

चितवनमा न्यौपाने ‘विडेन पावेल’को नामले चिनिन्छन्। ‘विडेन पावेल’ स्काउटका जन्मदाता हुन्। ‘सुनौलो गैँडा पदक’ प्राप्त गर्ने उनी चितवनका पहिलो व्यक्तित्व हुन्।

नेपाल स्काउटका प्रमुख आयुक्त देवराज घिमिरेको अध्यक्षता, उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यता एवं युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको विशिष्ट आतिथ्यतामा स्काउटको प्रधान कार्यालय, लैनचौर काठमाडौंमा सम्पन्न कार्यक्रममा सो पदक घोषणा गरिएको हो।

नेपाल स्काउटले स्थापना दिवसको अवसरमा स्काउटमा योगदान गर्ने स्काउट स्काउटरहरूलाई सम्मान तथा पुरस्कृत गर्दै आएको छ। यस वर्ष पनि स्काउटको क्षेत्रमा अतुलनीय योगदान गर्ने सिनियर स्काउटरहरुलाई ‘सुनौलो गैँडा पदक’ प्रदान गरिने भएको छ। ‘सुनौलो गैँडा’ स्काउटको विभिन्न पदकमध्ये ‘सर्वोच्च पदक’ मानिन्छ। उक्त पदक २०८३ असार ५ गते प्रदान गरिने भएको छ।

यस वर्ष स्काउटमा गरेको योगदानको मूल्याङ्कनको आधारमा चितवनका सिनियर स्काउटमध्ये तीर्थराज न्यौपानेलाई ‘सुनौलो गैँडा पदक’ प्रदान गरिने भएको छ। विसं २०३२ सालदेखि नेपाल स्काउटको जिल्ला स्काउट कार्यालय चितवनमा विभिन्न पदमा रही काम गर्दै आएका न्यौपाने चितवन जिल्लाका पूर्वआयुक्तसमेत हुन्।

त्यस्तै नेपाल स्काउटको राष्ट्रिय प्रधान कार्यालयको सदस्य, राष्ट्रिय संगठन आयुक्त हुँदै हाल नेपाल स्काउट एण्ड गाइड फेलोसिप (एनएसजिएफ)को उपसभापति रही सक्रियतापूर्वक स्काउटमा योगदान गर्दै आएका छन्। नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको कार्यसमितिको बैठकको निर्णयअनुसार ७४औँ स्थापना दिवसमा विभिन्न स्काउटलाई आलङ्कार, विभूषण, पदक तथा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो।

सुनौलो गैँडा प्राप्त गर्नेमा चितवनका तीर्थराज न्यौपानेसहित देशभरका १२ जना रहेका छन्। जसअनुसार रविन दाहाल (काठमाडौँ), आनन्दप्रसाद खतिवडा (काठमाडौँ), गोपालकृष्ण ताम्राकार (ललितपुर), भरतलाल श्रेष्ठ (ललितपुर), बिजेन्द्रलाल ध्वजु (भक्तपुर), लोकबहादुर भण्डारी (झापा), सकुन्तला सुब्बा (झापा), शिवकुमार पौडेल (झापा), नारायण पराजुली (कास्की), हेरम्बप्रसाद कोइराला (कास्की) र आनन्दी पन्थ (कन्चनपुर) रहेका छन्।

‘सुनौलो गैँडा पदक’बाट विभूषण गरिने घोषणा भएपछि न्यौपानेले भने, ‘स्काउटमा इमानदारीपूर्वक गरेको त्याग, समर्पण र योगदानको उच्च मूल्याङ्कन भएको छ । मेरो ५० वर्षको स्काउटको प्रतिफल हो यो। म अत्यन्त गौरवान्वित भएको छु।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.