कतारस्थित अमेरिकी सैन्य अड्डामाथि इरानको मिसाइल आक्रमण

कतारस्थित अमेरिकी सैन्य अड्डामाथि इरानको मिसाइल आक्रमण

काठमाडौं : कतारमा रहेको अमेरिकी सैन्या अड्डामा इरानले मिसाइल आक्रमण गरेको छ। कतारको अल उदेद एयर बेसलाई लक्षित गर्दै इरानले मिसाइल प्रहार गरेको दाबी गरेको हो। 

इरानी इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले जवाफी आक्रमणस्वरुप अमेरिकी अड्डामाथि आक्रमण गरेको जानकारी दिएको छ। इरानको सरकारी नजिकको तस्निम समाचार एजेन्सीले यो कारबाहीलाई 'विजयको घोषणा'को रूपमा चित्रण गर्दै विज्ञप्ति जारी गरेको अलजाजीराले उल्लेख गरेको छ। इरानले उक्त हमला अमेरिकाले इरानी आणविक स्थलहरूमा आक्रमण गर्ने चेतावनीपछि चालेको प्रतिक्रिया स्वरूप बताएको छ।

सोमबार बेलुका कतारको राजधानी दोहा नजिकैको आकाशमा ज्वाला देखिएको र ठूलो आवाजमा विस्फोट सुनिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। सुरुमा यो आक्रमण हवाई रक्षा प्रणालीको प्रतिक्रिया हो कि इरानको मिसाइल प्रहार भन्ने प्रष्ट भएको थिएन। यद्यपि इरानले आधिकारिकरूपमा यसको पुष्टि गरेको छ। 

कतारस्थित अमेरिकी र बेलायती दूतावासहरूले आफ्ना नागरिकहरूलाई अर्को सूचना नआउञ्जेल सुरक्षित स्थानमा शरण लिन आग्रह गर्दै आपतकालीन विज्ञप्ति जारी गरेका छन्। कतार सरकारले देशको हवाई क्षेत्र अस्थायीरूपमा बन्द गर्दै बासिन्दा र आगन्तुकहरूको सुरक्षाका लागि आपतकालीन सुरक्षा योजना कार्यान्वयनमा ल्याएको बताइएको छ।

कतारस्थित अल उदेद एयर बेस मध्यपूर्वको सबैभन्दा ठूलो अमेरिकी सैन्य अड्डा हो। जुन सन् १९९६ मा स्थापित गरिएको हो। २४ हेक्टरमा फैलिएको यो अड्डामा करिब १० हजार अमेरिकी सैनिकहरू खटिएका छन्। यहाँ करिब १०० युद्ध विमान र ड्रोनहरू समेत परिचालनमा छन्। यो सैन्य केन्द्र अमेरिकी केन्द्रीय कमाण्डको अग्रिम मुख्यालयका रूपमा इराक, सिरिया र अफगानिस्तानमा अमेरिकी सैन्य रणनीतिका लागि केन्द्रबिन्दु रहँदै आएको छ।

यस घटनाले मध्यपूर्वमा अमेरिकी सैन्य स्थापनाको सुरक्षामाथि गम्भीर चुनौती खडा गरेको छ भने, क्षेत्रीय तनाव झनै चर्किने संकेत देखिएको विश्लेषकहरूले जनाएका छन्। अमेरिकी रक्षा मन्त्रालयले यसबारे आधिकारिक प्रतिक्रिया दिन बाँकी छ।

यसैबीच कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले इरानको आक्रमणलाई निन्दा गरेका छन्। उनले कतारको सम्प्रभुता र हवाई अड्डामाथि अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको आरोप लगाउको छ। उनले उक्त हवाई अड्डा पहिल्यै खाली गरिएको र आक्रमणबाट कुनै मानवीय क्षति नभएको दाबी गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.