लाहोरमा ट्युसन सेन्टरको छत भत्किँदा १४ बालबालिकाको मृत्यु

लाहोरमा ट्युसन सेन्टरको छत भत्किँदा १४ बालबालिकाको मृत्यु
सुन्नुहोस्

लाहोर :  पाकिस्तानको पञ्जाब प्रान्तस्थित लाहोरमा मंगलबार एउटा ट्युसन सेन्टरको छत भत्किँदा १४ जना बालबालिकाको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका अन्य पाँच जनाको अस्पतालमा उपचार भइरहेको छ।

घटनाको जानकारी पाउनासाथ सुरु गरिएको उद्धार तथा राहत कार्य अन्तर्गत २० जना बालबालिकालाई सुरक्षित रूपमा बाहिर निकालिएको छ। बीबीसी उर्दूका अनुसार कमिश्नर मरियम खानले दुर्घटनाको समयमा भवनभित्र करिब ३५ जना बालबालिका उपस्थित रहेको जानकारी दिएकी छन्। घाइते हुनेहरूमा एक जना शिक्षक पनि रहेका छन्।

यसैबीच, पञ्जाबकी मुख्यमन्त्री मरियम नवाजले यस घटनाप्रति गम्भीर चासो देखाउँदै प्रहरीसँग छानबिन प्रतिवेदन माग गरेकी छन्। प्रहरीले हालसम्म घरधनीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

डीआईजी अपरेसन फैसल कमरानका अनुसार दुर्घटनाको वास्तविक कारण र दोषी पत्ता लगाउनका लागि घटनासँग सम्बन्धित सम्पूर्ण प्रमाणहरू संकलन भइरहेका छन्।

'यस मामिलामा कानुनी प्रक्रिया पूरा गरी दोषीहरूविरुद्ध कडा कारबाही गरिनेछ,' कमरानले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.