बैंकको म्यानेजर हुँ, अपुताली सम्पत्ति मिलाइ दिन्छु भन्दै लाखौं रकम ठगी गर्ने सुनसरीका मेहता भारतमा पक्राउ

बैंकको म्यानेजर हुँ, अपुताली सम्पत्ति मिलाइ दिन्छु भन्दै लाखौं रकम ठगी गर्ने सुनसरीका मेहता भारतमा पक्राउ

धरान : सामाजिक सञ्जालको दुरुपयोग गरि ठगी धन्दा चलाउने एकजनालाई सुनसरी प्रहरीले भारतको भिमनगरबाट पक्राउ गरेको छ। फेसबुक आइडीमा फेक नाम भिन्दा सुवन राखेर ठगी धन्दा चालाउने सुनसरीको देवानगन्ज गाउँपालिका-१ का कुशेश्वर मेहतालाई भारतबाट पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए।

मेहताले थाइल्याण्डको SIAm Commercial बैंकको म्यानेजर हुँ भनी एलेन अर्बी शाहीको नाममा यस बैंकमा खाता छ उसको अपुतालीको सम्पत्ति खाने आफन्त कोही नभएकोले तपाईंको जात मिल्ने भएकाले उक्त खातामा रहेको सम्पूर्ण रकम तपाईंको नाममा राखिदिन्छु भनी कुर्मराज शाहीलाई झुठ्ठा विश्वास दिलाइ  रकम ठगी गरेको एसपी तिम्सिनाले बताए । 

उनले शाहीको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाको कमान्डरमा खटिएको टोलीले मेहतालाई भारतको भिमनगरबाट पक्राउ गरेको बताए । 

मेहताले विभिन्न मितिमा शाहबाट ६२ लाख ७५ हजार २ सय रुपैयाँ रकम ठगि गरेको उजुरीकर्ता शाहीले बताएका छन्। उक्त रकम ठगी गरेपछि मेहता भारत गई लुकेर बसेका थिए । प्रहरीको साइबर ब्युरोले मेहतालाई पक्राउ गर्न सुनसरी प्रहरीलाई लिखित पत्र पठाएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी परिचालन गरि मेहतालाई पक्राउ गरिएको हो । 

सामाजिक सञ्जालको दुरुपयोग गरि ठगी गर्ने मेहताविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ विपरीतको ठगी सम्बन्धी कसुरअन्तर्गत शाहीले नेपाल प्रहरीको साइबर ब्युरो भोटाहिटीमा जाहेरी दिएका छन् । पक्राउ परेका मेहतालाई आवश्यक कारबाहीको लागि नेपाल प्रहरीको साइबर ब्यूरो भोटाहिटी काठमाडौं पठाइएको  डीएसपी खतिवडाले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.