तिलेश्वर महालिंगभित्रको रहस्य

तिलेश्वर महालिंगभित्रको रहस्य

सृष्टिको उषाकालदेखिकै देश हो, हाम्रो नेपाल। ललितपुरको तिलेश्वर शिवमन्दिर फुल्चोकी डाँडो गुप्तेश्वरको वायव्यतिर रहेको छ। यो ललितपुरको लेलेमा छ। शिलाको गारो, तीनतिर झ्याल, ढलौटको गजुर, पश्चिम फर्केको यस मन्दिरभित्र शिवलिंग छ। नजिकै मन : श्री गंगा, उत्तरमा सरस्वती गंगा, मन्दिरपूर्व सर्प आदि प्राकृतिक वनवाटिकाले भरिपूर्ण छ।

जहाँ माघेसंक्रान्तिमा विशेष मेला लाग्ने गर्छ। विरूपाक्षले माघकृष्ण एकादशीका दिन व्रत बसी दीपदान, जाग्राम गरी व्रत पारायण गरेका थिए। सिन्धुलीको कुशेश्वर र त्यसपछि एक दर्जन मठमन्दिर दर्शन गराएर नेमुनिले उनलाई यहाँको दर्शन गराएका हुन्। पशुपतिको रुद्रगारेश्वर दर्शनपछि विरूपाक्ष आर्यघाटको सालिकमा रहेको र हाल पनि उनको अर्धकदको सालिक वागमती नदीको तट पशुपति मन्दिर पूर्वतिर तलको भागमा छ।
स मन : श्री महातीर्थे सस्नो भक्त्या विरूपदृक्।

तिलेश्वरं समानच्र्य पञ्चोपचारकैर्मुदा।।

नेमुनि विरूपाक्षलाई भन्नुहुन्छ  :  एकपल्ट अंगीरा ऋषिका पुत्र देवगुरु वृहस्पतिलाई शिवजीकोे तप गर्ने इच्छा भयो। माघेसंक्रान्तिका दिन तीर्थयात्राको क्रममा मुकुन्द पर्वत, मन :    श्रीतीर्थमा आएर स्नान गरेर तिलको थुप्रो बनाएर उनले विधि र भक्तिपूर्वक शिवको आराधना गरे। सिद्धरसा नदीको जल   श्री शिवस्वरूप मानी तिलको पहाडमा अर्पण गरे। वैदिक मन्त्रका साथ जलधारासहित अखण्ड र अविरल रुद्राभिषेक पाठ गरे। तीन दिनपछि महादेवले काली शक्तिका साथ दर्शन दिनुभयो। महादेवको घोर रूप थियो, हातमा ठूलो त्रिशूल, डमरु, खप्पर, मुण्डमाला, दक्षिणामूर्ति स्वरूप, एक मुख, चार हात, त्रिनेत्र, सर्पको जनै लगाएका, आकाशको जस्तो तेज देखिने। यस्ता महादेव थिए भने सँगै महादेवी घोररूपा, गहनाले सजिएकी, त्रिनेत्र भएकी, झाँक्रा फिँजाएकी, दुई हातकी, मुण्डमालाधारी, कालस्वरूपा कालीले पनि त्यहीँ दर्शन दिइन्। तिलको थुप्रोबाटै  श्रीशिव प्रकट हुनु भएको थियो।

वृहस्पतिलाई शिवले दर्शन दिँदै भन्नुभयो, ‘तिमी यहाँ बसेर सरस्वतीको आह्वान गर, अहिले सरस्वती शुक्राचार्यसँग छन्, उनी पात लिएर पानीको रूप लिई यहाँ आउँछिन्, तिमीले उनलाई अञ्जुलीमा लिएर पिइदिनू, तिम्रो वाकसद्धि हुनेछ, देवतासहित सबैले तिमीलाई गुरु मान्नेछन्, सरस्वती कुण्डका रूपमा आएकीले यहाँको कुण्डलाई सरस्वती कुण्ड भनिनेछ।’ तिलको थुप्रो शिवलिंग भयो। यसो भनेर शिव पनि त्यसैमा अन्तरध्यान हुनुभयो। वृहस्पतिले मनोमतीमा स्नान गरेर सरस्वतीको आह्वान गरे। आफूसँग रहेकी सरस्वती आपूmबाट छुट्टिन लागेको देखेर शुक्राचार्यले श्राप दिँदै भने, ‘तिमी स्थिर थियौ, चञ्चला हुन लाग्यौ, अबदेखि नदी भएर बग्नू।’ सरस्वती पनि रिसाइन्, आफू जल भई बग्नुअघि श्राप गरिन्, ‘हे शुक्र तिमी पनि जल बूँद भइरहनू।’

जलस्वरूप सरस्वती कुण्ड बन्यो, शिवजीको नाम तिलेश्वर रह्यो। वृहस्पतिले मनमनै आह्वान गरिएकीले नदीको नाम मन :  श्री रह्यो। दश गंगा समानको शक्ति रह्यो त्यहाँ। तिलेश्वर नजिकको कुण्ड रुद्रकुण्डको नामले प्रसिद्धि पायो। शुक्राचार्य जलबूँद भई बग्न थाले। वृहस्पतिले दाहिने हातको आधा अञ्जुलीले जल पान गरे। जलस्वरूपा सरस्वतीको अनुनय विनय प्रार्थना पनि गरे। वाकसद्धि प्रदान गर्ने रसरूप महासरस्वतीलाई भारती, ब्राह्मी नामले पुकार गरे। यति गरेपछि वृहस्पति सम्पूर्ण शास्त्रका ज्ञाता बने, महान् कवि, विद्वान् तीक्ष्ण स्मृति शक्तिका बने।

शक्तिवान् बनेका वृहस्पतिले आकाशतिर हेरेर शुक्राचार्यलाई सम्बोधन गर्दै भने, ‘हे शुक्राचार्य तिमी रिसाएर सरस्वतीलाई   श्राप गर्‍यौ। मेरै अगाडि यस्तो देख्नु परेकाले तिमीलाई पनि म श्राप दिन्छु। सुन, आजैदेखि तिमी पनि पातलिएर प्राणीका गर्भमा रहने शुक्रकीट हुनू।’ शुक्राचार्य शुक्रकीट भए, प्राणीका गर्भमा शुक्रकीट भइरहने भए। उनले महादेवको तप गरे र महादेवकै अंगबाट अर्को जन्म लिए। शुक्रका नामबाट प्रसिद्धि पाई दैत्यहरूबाट पूजित भइरहे। वृहस्पतिले पुन :  तिलेश्वर शिवको प्रार्थना गरे। फेरि शिवले आशीर्वाद दिनुभयो। वृहस्पति स्वर्गमा बस्ने देवताका महान् गुरु बने। सरस्वती पनि एक वर्षपछि पापामोचित भई सत्यलोक फर्किइन्।

प्राचीन समयमा एक पापी, उलुक थियो। भक्षाभक्षको विचार नगर्ने, गम्यागम्यको पनि ख्याल नगर्ने, दूराचारी थियो, मातृगमनको दोष पनि थियो उसँग। मृत्युपछि, नरकभोग सकेर ऊ एक दुराचारी भई जन्मेछ। उसको शरीर मानिसको तर मुख गिद्धको जस्तो थियो। सबैले उसलाई गिज्याउन थाले, निन्दित भयो, एकदिन घरै छोडेर हिँड्यो। वनजंगल भट्कने क्रममा माघेसंक्रान्तिका दिन यहाँ आइपुग्यो। तिलेश्वर मन्दिरमा शिव आराधना भइरहेको देख्यो। रुद्राभिषेक विशेष शिवपूजा, पुष्पाञ्जलि भइरहेको देखेर तिर्खाले व्याकुल उसले त्यहीँको ज्ञानकुण्डमा गएर जलपान गर्‍यो। वनवाटिकाको फलफूल टिपेर नजिकै शिवसामु थुप्रो लगाई उसले खायो। यो सत्संग भएको कैलाशमा खबर पुगेछ र गजबक्र नामको विमान ल्याएर उसलाई शिवलोक लगिएछ। गिद्धमुखे ऊ अब सुमुख भई शिवगणमा सामेल भएछ। अज्ञानतामै शिवसामु सामग्रीसहित राखी नैवेद्य भोग लगाइएको प्रसंगले परम पवित्र बन्ने सौभाग्य पाएछ उसले।

विद्याकी खानी सरस्वतीको दर्शन भन्दै अहिले पनि वसन्त पञ्चमीमा त्यहाँ जानेहरूको भीड देखिन्छ। पुरुषशुक्र र स्त्रीशोणितको संसर्गले मानव भ्रूण बन्नुअघि स्त्रीको रजसँग पुरुषको वीर्यको मिलन हुन्छ। नारी रजस्वला प्राकृत विधान ४ दिनदेखि १६ दिनसम्ममा जोर रात्रिको सम्भोगबाट पुत्र र बिजोर रात्रिको सम्भोगबाट पुत्रीको भ्रूण रहन्छ। शस्त्रले भनेको छ :  ‘युग्माषु रात्रिषु पुत्रोऽजायत स्त्रीयोऽग्माषु रात्रिषु।’ प्रवेश समय पानी बूँदको दशांशको एकांश बराबर स्त्रीउदरमा पविष्ट हुँदै पाँच दिनमा एक बूँद, दस दिनमा बयरको आकार, चार हप्तामा मांसशिरभाग, आठ हप्तामा हात, पाउ, अंगहरू र बाह्र हप्तामा स्त्री वा पुरुषको संकेत भई आमाको गर्भमा बालकको वृद्धि हुन्छ। दश मासपूर्णतामा सूतिका वायुका बलले बाहिर आउँछ। शुक्र स्वभावैले रसिक ग्रह र उनकै कारणबाट मानव देह निर्माणको क्रम शास्त्रले बताएको छ।

ज्योतिषशास्त्रमा नौ ग्रहमध्ये वृहस्पतिलाई सौम्य, शुक्रलाई केही हदसम्म उच्छृंखल, मदिरासेवी, मंगललाई तापकारी पाप ग्रह, शनि, राहु, केतुलाई क्रूर र अशान्तिकारक भनिएको छ। मंगल, शनि, राहु, केतु र कष्टकारी ग्रहको अशुभस्थानका बेला मानिसको मृत्युको सम्भावना अधिक रहन्छ, दुर्घटनाबाटै पनि। पुराण, धर्मशास्त्र र ज्योतिष शास्त्रहरू हाम्रा आँखा हुन्, अध्ययन गर्ने जान्ने बानीले राम्रै गर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.