दीपेन्द्रले दिए नेपाल प्रहरीको जागिरबाट राजीनामा
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरीले प्रहरीको जागिरबाट राजीनामा दिएका छन्। उनी नेपाल प्रहरीमा सहायक हवल्दारको पदमा जागिर खाइरहेका थिए।
उनले घरेलु कारण देखाउँदै राजीनामा पेस गरेको र उनको राजीनामा स्वीकृत पनि भइसकेको छ। 'उहाँले घरायसी कारण देखाउँदै राजीनामा दिनुभएको हो। उहाँको राजीनामा स्वीकृत पनि भइसकेको छ,’ नेपाल प्रहरीका प्रवक्ता एआइजी विनोद घिमिरेले बताए।
उनी २०७३ यता नेपाल पुलिसमा आबद्ध भएका थिए।
प्रतिक्रिया दिनुहोस !