संरक्षणको पर्खाइमा विन्ध्यवासिनी पोखरी
दोलखा : दोलखाको कालिञ्चोक गाउँपालिका-८ मा रहेको विन्ध्यवासिनी पोखरी संरक्षणको पर्खाइमा रहेको छ। संरक्षणको अभावले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको साखल्पुको विन्ध्यवासिनी पोखरीको बीच भागमा चिरा चिरा परेका छन्।
२० भन्दा बढी घर धुरीलाई पिउने पानी र खेतलाई सिँचाइ सुविधा पुर्याउन सकिने पोखरी संरक्षणको अभावमा रहेको स्थानीय दिलकृष्ण आचार्यले बताए। विन्ध्यवासिनी पोखरीको बीचमा सेतिनाग, देविथान, महादेव, पार्वतीको वासस्थान रहेको किंवदन्ती छ। पाखरीको बीचमा ढुङ्गेधारा पनि निर्माण गरिएको छ।
तर, संरक्षण नहुँदा पोखरी सुक्दै गएको छ।
प्रतिक्रिया दिनुहोस !