दृष्टिका सञ्चालक श्रेष्ठ र सम्पादक सुब्बालाई जनही २५ हजार धरौटीमा छोड्न आदेश
काठमाडौं : दृष्टि साप्ताहिकका सञ्चालक शम्भु श्रेष्ठ र कार्यकारी सम्पादन एमपी सुब्बालाई जनही २५ हजार धरौटीमा छोड्न आदेश भएको छ।
विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर नेतृत्वको पूर्ण इजलासले श्रेष्ठ र सुब्बालाई धरौटीमा छोड्न आदेश दिएको हो। अवहेलना मुद्दामा यसअघि ३ दिनभित्र विशेष अदालतमा उपस्थित हुन श्रेष्ठ र सुब्बालाई आदेश दिइएको थियो।
दृष्टि मिडियाका तर्फबाट कानुन व्यवसायी दिनेश त्रिपाठी, डेकेन्द्र सुवेदी, अनन्तराज लुइँटेललगायतका बहस गरेका थिए। इजसालले आउँदो असार १५ मा साक्षी बकपत्रका लागि समय तोकेको छ।
प्रतिक्रिया दिनुहोस !