कर्णालीमा फोर्स गाडी दुर्घटना : उद्दारमा जुट्यो प्रहरी

कर्णालीमा फोर्स गाडी दुर्घटना : उद्दारमा जुट्यो प्रहरी

वीरेन्द्रनगर : दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ अन्तर्गत कर्णाली राजमार्गको साङ्गेतडामा फोर्स गाडी कर्णालीमा खसेको छ । सुर्खेतबाट कालिकोटको रास्कोटतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी शुक्रबार बिहान करिब ११:३० बजे दुर्घटनामा परी कर्णाली नदीमा खसेको हो।

दुर्घटनाबारे टेलिफोनमार्फत सूचना प्राप्त हुनासाथ उद्धार सामग्रीसहित प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ परिचालन भएको छ । प्रारम्भिक जानकारीअनुसार गाडी सडकबाट करिब ४०० मिटर तल खसेर कर्णाली नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ । 

उद्धारका क्रममा हालसम्म नाम,थर र वतन खुल्न नसकेका एक जना पुरुषलाई फेला पारिएको छ । उनलाई नदीबाट उद्धार गरी सडकतर्फ ल्याउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

घटनास्थलमा उद्धार सामग्रीसहित ३५ जना प्रहरी परिचालन भई तीव्र रूपमा उद्धार कार्य सञ्चालन भइरहेको छ । दुर्घटनास्थल प्रहरी चौकी पाल्तडाबाट करिब ३ किलोमिटर तथा जिल्ला प्रहरी कार्यालय दैलेखबाट करिब ५० किलोमिटर पश्चिममा पर्दछ ।

दुर्घटनाको कारण,गाडीमा सवार यात्रुको संख्या तथा मानवीय क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण प्राप्त भएपछि सार्वजनिक गरिने जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.