बालिका करणीको आरोपमा ५३ वर्षीय विक पक्राउ
पर्वत : पर्वतमा एक १२ वर्षीया बालिकलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक ५३ वर्षीय व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले जलजला गाउँपालिका ठोट्नेरी बस्ने ५३ वर्षीय गोरबहादुर विकलाई बुधबार बेलुकी पक्राउ गरेको हो । विकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वत समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस्तै कञ्चनपुरमा एक १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पुनर्वास नगरपालिका–१० भिमबस्ती बस्ने १९ वर्षीय रमेश ढाँट भन्ने राम ढाँटलाई पक्राउ गरेको छ ।
राम ढाँट, सोही ठाउँ बस्ने २३ वर्षीय दिपक खत्री र २३ वर्षीय भुरू बयाडी भन्ने गणेश बयाडीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट खटिएको प्रहरीले उनीहरूमध्ये रामलाई पुनर्वास नगरपालिका–११ डोके बजारबाट पक्राउ गरेको हो । प्रहरीले हाल फरार दिपक र गणेशको खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस !