बन्चरोले हानेर भाइको हत्या
अर्घाखाँची : अर्घाखाँचीमा बन्चरो प्रहार गरेर दाइले भाइको हत्या गरेका छन्। शितगंगा नगरपालिका-६ पाखापानी निवासी ४२ वर्षीय विष्णु बहादुर बादीले आफ्नै ३२ वर्षीय भाइ बमबहादुर बादीको बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले बताए।
घटना घटाएर फरार रहेका अभियुक्तलाई भाग्ने क्रममा इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीको टोलीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक मल्लको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !