नसाको सुरमा ११ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

नसाको सुरमा ११ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– ५ कोलगाउँमा ११ वर्षीय बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको छ।

हत्यामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। मदिरा सेवन गरेका ५ जनाले नसाको सुरमा बालिकाको हत्या गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरुमा भोटेकोशी गाउँपालिका– ५ का २१ वर्षीय निमा तेन्जिङ तामाङ, २२ वर्षीय वाङनिमा तामाङ, २० वर्षीय दावा तामाङ, २२ वर्षीय लाक्पा पासाङ तामाङ र ३२ वर्षीय नामग्याल शेर्पा रहेका छन्। 

असार १० गते कोलगाउँका पदमबहादुर तामाङको ११ वर्षीया छोरी निशा तामाङ दिनभर वरपर देखिइनन्। बुबा आमा रोजगारीको सिलसिलामा इराक गएपछि दिदीको घरमा बस्दै आएकी कक्षा ७ मा अध्ययनरत तामाङ दिनभरि बेपत्ता भएपछि आफन्तले खोजी थालेका थिए। भोलिपल्ट बिहान कोलगाउँस्थित छ्यादीखोला जंगल क्षेत्रमा स्थानीयले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए।

सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट प्रहरी उपरीक्षक रामेश्वर कार्कीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनाको स्थिति गम्भीर देखेपछि प्रहरी प्रधान कार्यालयस्थित केनाइन कार्यालयका इन्स्पेक्टर कृष्ण बस्नेतको कमान्डमा दुई वटा तालिम प्राप्त कुकुरलाई घटनास्थलमा परिचालन गरिएको थियो।

तालिमप्राप्त कुकुरको सहायताले हत्यामा संलग्नहरुको पहिचान गरिएको प्रहरीले जनाएको छ। मदिरा सेवन गरेका ५ जनाले पालैपालो बलात्कारपछि हत्या गरेर छ्यादीखोला जङ्गलमा बालिकाको शव फालेर भागेको अनुसन्धानमा सङ्लग्न अधिकृतहरू बताउँछन्। उनलाई सामूहिक बलात्कारपछि हत्या गरिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ। 

‘हामीले घटनास्थल वरपरका व्यक्तिहरूको गतिविधि र हिँडाइको आधारमा अनुसन्धानलाई अगाडि बढायौं’, प्रहरी उपरीक्षक कार्कीले भने– ‘घटना स्थलमा प्रारम्भिक छानविन, सवुत संकलन, शारीरिक प्रमाण र कुकुरद्वारा देखाइएको मार्गको आधारमा ५ जनालाई पक्राउ गर्‍यौं।’ उनका अनुसार नियन्त्रणमा लिएका व्यक्तिहरुको घर खानतलासी गर्दा अपराधसँग सम्बन्धित दसीप्रमाणहरु बरामद भएको छ।

प्रहरीका अनुसार पक्राउ गरिएकाहरु मृतक बालिकाको नातेदार र छिमेकीहरू हुन्। पक्राउ गरिएका ५ जनालाई अदालतबाट ७ दिनको म्याद अनुमति लिई मुलुकी अपराधी संहिता २०७४ को करणी र ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.