प्रसिद्धको शतकमा नेपालले इन्डोनेसियालाई दियो विशाल लक्ष्य

प्रसिद्धको शतकमा नेपालले इन्डोनेसियालाई दियो विशाल लक्ष्य

काठमाडौं : ओपनर प्रसिद्ध जैशीको शतकीय पारीमा नेपालले इन्डोनेसियालाई ४२१ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। 

कोलालाम्पूरपस्थित सेलाङ्गोर ट्रफ क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ४२० रन बनायो। 

नेपालका लागि व्याक्तिगततर्फ ओपनर प्रसिद्ध जैशीले सर्वाधिक १३२ रनको शतकीय पारी खेले। उनले ११४ बलमा १५ चौका र १ छक्का प्रहार गरे। 

प्रसिद्धले रौनक श्रीवास्तवसँग तेस्रो विकेटका लागि १४८ रनको शतकीय साझेदारी गरेका थिए। पहिलो विकेटका लागि ओपनरद्वय प्रसिद्ध र परिमार्जन यादवले १३० रनको शतकीय साझेदारीसहित नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए। 

परिमार्जनले ७१ रनको पारी खेले। रौनक श्रीवास्तवले ८८ र जोए थाथाले ५७ रनको अर्धशतकीय पारी खेले। तीन ब्याटरको अर्धशतक र प्रसिद्धको शतकको साथमा नेपालले  बलियो स्कोर बनाएको हो। 

नेपालले ४८ ओभरमा ५ विकेट गुमाउँदै ४०० रन पूरा गरेको थियो। त्यसपछिको २ ओभरमा २० रन जोड्यो। सुगम बुढाथोकी ३९ र रोशन शाही १० रनमा अविजित रहे। 

इन्डोनेसियाका लागि केतुत डर्मा पुत्राले सर्वाधिक २ विकेट लिए। काभिन निरज चड्डा, महेन्द्र युद्ध प्रतामा र रयान रिजाले १–१ विकेट लिए। 

समूह 'ए'मा रहेको नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेट र दोस्रो खेलमा जापानलाई ९ विकेटले पराजित गरेको थियो। 

आजको खेलमा नेपालले इन्डोनेसियालाई पराजित गरेको खण्डमा नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश गर्नेछ। 

नेपालले समूह चरणको अन्तिम खेल मंगलबार भुटानसँग खेल्नेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.