बालिकाको हत्या गरेर फरार भएका दम्पती पक्राउ

बालिकाको हत्या गरेर फरार भएका दम्पती पक्राउ

महोत्तरी : ४ वर्षअघि बर्दिबासकी ६ वर्षीया बालिकाको हत्या प्रकरणमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ। 

जिल्ला प्रहरी कार्यालय महोत्तरीले बर्दिबासकी ६ वर्षीया बालिका गुलाब्सा खातुनको हत्या प्रकरणमा गौशाला नगरपालिका–५ घर भई बर्दिबास नगरपालिका–१४ शुभम बस्ती टोलका ६० वर्षीय राजकिशोर साह र उनकी श्रीमती ५१ वर्षीया सुशीला देवी साहलाई पक्राउ गरी आज सार्वजनिक गरिएको हो।

भारतमा लुकीछिपी बस्दै आएका उनीहरू जलेश्वर नगरपालिका-१२ नैन्हीस्थित नातेदारको घरमा आएका समयमा शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पक्राउ परेका साह दम्पतीलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत महोत्तरीमा पेश गरिएको महोत्तरीका एसपी हेरम्ब शर्माले बताएका छन्। उनीहरूले बालिकाको शव लुकाउनका लागि अभियुक्तलाई सहयोग गरेको एसपी शर्माले बताए।

बाराको कलैया नगरपालिका-१५ घर भई महोत्तरीको बर्दिबास नगरपालिका-१४ शुभम बस्तीमा डेरा गरी बस्ने ६ वर्षीया गुलाब्सा खातुनको बलात्कारपछि हत्या गरिएको थियो। २०७७ मंसिर ९ गते घर नजिकैको झाडीमा उनको शव भेटिएको थियो।

शव फेला परेको दुई दिनपछि प्रहरीले राज किशोर साहको २६ वर्षीय छोरा अरुण कुमार साहलाई पक्राउ गरेको थियो। अरुण हाल पुर्पक्षका लागि जलेश्वर कारागारमा छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.