माछा पोखरीमा डुबेर बालकको मृत्यु

माछा पोखरीमा डुबेर बालकको मृत्यु

कपिलवस्तु : घर नजिककैको माछा पोखरीमा डुबेर कपिलवस्तुमा बालकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका-११ अरौराकोटका अनिल अंसारीका ५ वर्षीय छोरा सुफेल अंसारी रहेको कपिलवस्तु अस्पतालले जनाएको छ। 

विद्यालयबाट पढेर घरमा आएका सुफेल साथीहरूसँग खेल्न जाँदा पोखरीमा डुबेको परिवारजनले जनाएका छन्। 

पोखरीबाट उद्धार गरी निकालेर उनलाई कपिलवस्तु अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भई सकेको कपिलवस्तु अस्पतालले जनाएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.