जगदम्बाको भट्टी स्थानान्तरण नभएसम्म सञ्चालन नगर्न राजनीतिक दलको माग

जगदम्बाको भट्टी स्थानान्तरण नभएसम्म सञ्चालन नगर्न राजनीतिक दलको माग

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकामा रहेका प्रमुख पाँच राजनीतिक दलले जगदम्बा स्टिल्स् उद्योग भित्र रहेको विष्फोटक भट्टी स्थानान्तरण नभएसम्म सञ्चालन नगर्न माग गरेका छन्। उद्योगमा बुधबार राति भएको भट्टी विष्फोटको घटनापछि पाँच दलले संयुक्त विज्ञप्ति जारी गर्दै कच्चा पदार्थ पगाल्ने प्लान्ट स्थानान्तरण नभएसम्म सञ्चालनमा रोक लगाउन माग गरेका हुन्। 

उपमहानगरपालिका भित्र रहेका नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका नगर कमिटी अध्यक्षले विज्ञप्ति जारी गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्। एमाले अध्यक्ष त्रिलोक विक्रम शाह, कांग्रेस सभापति छविलाल शर्मा, माओवादी अध्यक्ष प्रेम बराल, रास्वपा सभापति सुरेशराज केसी र लोसपा सभापति सरोज पटेलले विज्ञप्ति जारी गरेका हुन्। 

उद्योगको सिसिएम प्लान्टमा भएको विष्फोटको घटनामा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै राजनीतिक दलले यस्तो घटना नियन्त्रण गर्न उद्योग प्रशासन गम्भीर नदेखिएको आरोप लगाएको छ।  ‘यस्ता घटनालाई दोहोरिन नदिन यसअघि पनि विभिन्न तह र क्षेत्रबाट पहलकदमी भइरहेको थियो। तरपनि भट्टी विष्फोट हुने क्रम रोकिएको देखिँदैन। यस्तो घटनाले उद्योगभित्र जनधनको क्षति त छँदैछ, उद्योग वरपर बसोबास गर्ने आमनागरिक पनि त्रसित अवस्थामा बस्नु परेको छ। विष्फोटको घटनाले साना बालबालिकादेखि वृद्धवृद्धासम्मलाई मानसिक रूपमा असर पुर्‍याइरहेको वर्तमान अवस्थाप्रति हामी गम्भीर छौं’ दलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

बस्तीका बीचमा रहेको उद्योगले स्थानीयको स्वास्थ्य र वातावरणलाई ध्यानमा राखेर कारखाना सञ्चालन गर्नुपर्ने भएपनि उक्त विषयमा गम्भीरता नदेखिएको हुँदा जोखिमपूर्ण भट्टीलाई अन्यत्र स्थानान्तरण गर्न राजनीतिक दलले माग गरेका छन्। भट्टी स्थानान्तरण नहुँदासम्म सञ्चालनमा पूर्ण रूपमा रोक लगाउन स्थानीय प्रशासन र स्थानीय सरकारसँग उनीहरूको माग रहेको छ।

मानवीय क्षति छैन, भौतिक क्षति ठूलोः जगदम्बा स्टिल्स्

जगदम्बा स्टिल्स् लिमिटेडले कच्चा पदार्थ पगाल्ने भट्टी पड्किएर भएको घटनामा मानवीय क्षति नभएको जनाएको छ। उद्योगले बिहीवार दिउँसो विज्ञप्ति जारी गर्दै उक्त घटनामा मानवीय क्षति नभएको तर ठूलो मात्रा भौतिक क्षति भने भएको जनाएको छ।

विष्फोटको घटनामा भारत बिहार समस्तीपुरका ३५ वर्षीय अजय बैठा घाइते भई एलएस न्यूरो अस्पतालमा उपचाररत रहेको र अन्य कुनै मानवीय क्षति नभएको उद्योगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। विष्फोटका घटनाबाट ठूलो क्षति भएको भन्दै सामाजिक सञ्जालमा आएका सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको र सत्यतथ्य बुझेर मात्रै सूचना तथा सम्प्रेषण गर्न आग्रह गरिएको छ। 

भट्टी पड्किँदा बस्तीमा कम्पन

भट्टी विष्फोट हुँदा उद्योग वरपर रहेका बस्तीका घरहरू हल्लिएका थिए। भूकम्प महसुस हुने गरि घर हल्लिन थालेपछि स्थानीय त्रसिद बनेका थिए। विष्फोटलगत्तै स्थानीय आक्रोशित हुँदै उद्योग घेराउ गर्न पुगेका थिए।

आक्रोशित स्थानीयलाई प्रहरीले संयमित बनाएको थियो। उद्योगमा पटकपटक भट्टी पड्किएको कारण स्थानीयले असुरक्षित महसुस गरिरहेका छन्। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.