कुलेखानी काठमाडौं सडक खण्डमा ईभी गाडी दुर्घटना, ५ जना घाइते

कुलेखानी काठमाडौं सडक खण्डमा ईभी गाडी दुर्घटना, ५ जना घाइते

हेटौंडा : हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ईभी गाडी दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। घाइते हुनेमा पर्साको जिरा भवानी गाउँपालिका-३ का ३५ वर्षीय चन्द्र सन्जु गौरे, भारतको विहारका ३९ वर्षीय चन्द्र सन्जु गौरे, ३५ वर्षीय उमा शंकर कुमार, २७ वर्षीय जताशंकर कुमार र ५० वर्षीय राकेश कुमार रहेका छन्। 

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको म.प्र.०३-००१ ज ०५५१ नं.को ईभी गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ रातमाटेस्थित घुम्तीमा ब्रेक हान्दा टायर चिप्लिएर सडकबाट १५ मिटर तल पुगेको थियो। गाडीमा चालकसहित १० जना सवार थिए। 

घाइतेहरूको उपचारका लागि काठमाडौं अस्पतालतर्फ पठाएको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.