अमेरिकामा बाढीका कारण १३ जनाको मृत्यु
काठमाडौं : अमेरिकाको टेक्सासमा बाढीका कारण १३ जनाको मृत्यु भएको छ। प्रशासनले बाढीका कारण २० जना बालबालिका बेपत्ता भएका जनाएको छ।
टेक्सासका लेफ्टिनेन्ट गभर्नर डान प्याट्रिकले भने,‘बाढी प्रभावित क्षेत्रमा व्यापक खोजी अभियान चलाइएको छ। जसमा हेलिकप्टर र उद्धारकर्मीको नौ टोली छन्।’
डान प्याट्रिकले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताए। डान प्याट्रिकले सडकमा पानी जमेका कारण मृतकको खोजीमा ढिलाइ भइरहेको पनि बताए।
मौसम विभागले आगामी केही घण्टामा पश्चिमी टेक्सासमा बाढीको अवस्था अझ गम्भीर हुन सक्ने चेतावनी दिएको छ।
प्रतिक्रिया दिनुहोस !