विपद्

उद्धार गर्न सरकार युद्धस्तरमा छ, विभागलाई ‘हाई एलर्ट’मा राखिएको छ : प्रधानमन्त्री ओली

उद्धार गर्न सरकार युद्धस्तरमा छ, विभागलाई ‘हाई एलर्ट’मा राखिएको छ : प्रधानमन्त्री ओली
फाइल तस्बिर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितलाई उद्धार गर्न सरकार युद्धस्तरमा लागेको जानकारी गराएका छन्। प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत  बाढीबाट प्रभावितलाई उद्धार गर्न र सरकारको तर्फबाट गरिने प्रयासमा कमी हुन नदिन निर्देशन दिएको बताएका हुन्। 

उनले विपद् सम्भावित क्षेत्रमा आपातकालीन सहायता उपलब्ध गराउन समन्वय गरिएको बताए। ‘तिब्बतको सीमावर्ती क्षेत्रमा भएको भारी वर्षाका कारण त्रिशुली नदीमा आएको बाढीबाट प्रभावितलाई उद्धार गर्न सरकार युद्धस्तरमा लागेको छ। बाढीले केही नागरिकको ज्यान गएको र केही  बेपत्ता भएका दुःखद खबरहरु आएका छन्। ठूलो भौतिक क्षति पुर्‍याएको छ। ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दछु र विपद्को पीडामा रहनु भएका नागरिकप्रति सहानुभूति प्रकट गर्दछु।’ प्रधानमन्त्री ओलीले भने, ‘यस दुःखद क्षणमा अत्यावश्यक बाहेक निर्धारित कार्यक्रमहरु स्थगित गरेर प्रभावित क्षेत्रमा भइरहेको उद्धारकार्य बारे सुरक्षा निकायसँग नियमित रिपोर्टिङ लिइरहेको छु। विपद् संभावित क्षेत्रमा आपातकालीन सहायता उपलब्ध गराउन तीब्र समन्वय गरिएको छ, सरकारको तर्फबाट गरिने प्रयासमा कुनै कमी नहोस् भनेर निर्देशन दिइएको छ। सरकारी निकायहरुले उद्धारको काम गरिरहेका छन्। त्यसमा सबैको सहयोग अपेक्षा गर्दछु।’

प्रधानमन्त्री ओलीले मौसमजन्य विपद्को उद्धारका लागि सरकारले विपद् व्यवस्थापन विभागलाई 'हाई एलर्ट'मा राखेको जनाए। ‘मौसमजन्य विपद्को उद्धारका लागि सरकारले विपद् व्यवस्थापन विभागलाई 'हाई एलर्ट'मा राखेको छ।’ ओलीले भने, ‘सशस्त्र प्रहरी बल, नेपाली सेना र नेपाल प्रहरीका स्वयंसेवकहरु आवश्यक साधन र उद्धार उपकरण सहित तैनाथ छन् र आफ्नो काम गरिरहेका छन्। विपद् सम्भावित क्षेत्रमा खटिएको सुरक्षा निकायको सम्पर्क नम्बरहरु सार्वजनिक गरिएको छ। सूचना समन्वयका लागि सबैलाई अनुरोध गर्दछु।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.