साफ यु-२० महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको बिदाइ
काठमाडौं : बंगलादेशमा आयोजना हुने साफ यु-२० महिला च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ। सादोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार एक कार्यक्रम आयोजना गर्दै एन्फाले यु-२० टिमलाई बिदाइ गरेको हो।
बिदाइ कार्यक्रममा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ महासचिव किरण राई लगायतले नेपाली टोलीलाई बिदाइ गरेका हुन्। साफ यु-२० महिला च्याम्पियनसिप जुलाई ११ देखि २१ सम्म बंगलादेशमा हुँदैछ। प्रतियोगितामा चार टिमले मात्र सहभागिता जनाएका छन्। डबल राउन्ड रोबिन लिगको आधारमा हुने खेलमा नेपालले पहिलो खेल जुलाई ११ मा भुटानसँग खेल्दैछ।
नेपाली टोली
प्रशिक्षक: यम बहादुर गुरुङ
प्रतिक्रिया दिनुहोस !