दाङमा ट्रेनिङ सेन्टरको होस्टेलबाट पेस्तोलसहित युवक पक्राउ

दाङमा ट्रेनिङ सेन्टरको होस्टेलबाट पेस्तोलसहित युवक पक्राउ
सुन्नुहोस्

दाङ :  दाङमा एकजनालाई पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ। घोराहीमा रहेको एक ट्रेनिङ सेन्टरबाट पेस्तोलसहित एक युवकलाई पक्राउ गरिएको दाङ प्रहरीले जनाएको छ। दाङको घोराही उपमहानगरपालिका–१५ स्थित लोटस ट्रेनिङ सेन्टरको होस्टेलमा अवैध हतियार लुकाएको अवस्था युवक पक्राउ परेका हुन ।

पक्राउ पर्ने युवक सल्यान कपुरकोट गाउँपालिका–३ फलाटे घर भई हाल उक्त ट्रेनिङ सेन्टरमा तालिम लिइरहेका १९ वर्षीय अजय विक रहेको दाङ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार असार २४ गते साँझ करिब ६:३० बजेतिर युवकले हतियार लुकाएको भन्ने विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय घोराहीबाट प्रहरी निरीक्षक सुरज सिंहको नेतृत्वमा खटिएको टोलीले जाँच गर्दा अजय विक सुत्ने खाटमुनि लुकाइएको झोलाबाट हतियार फेला पारेको हो।

झोलाभित्र कालो रंगको JORDAN लेखिएको पछाडि भिर्ने झोलाबाट ०.३२ पेस्तोल (civil INGSF1902134300.32 Indian Ordnance Factory),त्यसमा लाग्ने ४ राउण्ड गोली, र ७ राउण्ड क्षमताको म्याग्जिन फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

अवैध हतियारसहित युवकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको दाङ प्रहरी प्रमुख अर्जुन तिमिल्सिनाले बताए ।  हतियार कसरी प्राप्त भयो र किन राखिएको थियो भन्ने विषयमा अनुसन्धान जारी रहेको बताइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.