चरिकोटमा बसपार्क निर्माण सुरु

चरिकोटमा बसपार्क निर्माण सुरु
सुन्नुहोस्

दोलखा : दोलखाको सदरमुकाम चरिकोटमा बसपार्क निर्माण  सुरु भएको छ। स्थान अभावले लामो समयदेखि बसपार्कविहीन बनेको चरिकोटमा भीमेश्वर नगरपालिकाले निर्माण सुरु गरेको हो।

चालु आर्थिक वर्षबाट सहरी विकास मन्त्रालयको आर्थिक सहयोगमा बसपार्क निर्माणको काम सुरु भएको भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वर नारायण मानन्धरले बताए।

बसपार्क नहुँदा यात्रुहरूलाई असुविधा हुनुको साथै ट्राफिक व्यवस्थापनमा पनि चुनौती थियो। अव स्मार्ट बत्ती, व्यवस्थित पार्किङ, खानेपानी तथा सार्वजनिक शौचालय टिकट काउन्टरलगायत न्यूनतम पूर्वाधारको व्यवस्था गरिने नगरप्रमुख मानन्धरले बताए। 

काठमाडौंबाट १ सय ३३ किलोमिटर पूर्वमा पर्ने चरिकोटमा बसपार्कको अभावमा बजारमा सडकको बीचमा सवारी पार्किङ गर्दा स्थानीयवासी, सर्वसाधारण, विद्यार्थीलाई आवतजावतमा कठिनाइ थियो।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.