मोरङ कारागारका बन्दीको उपचारका क्रममा मृत्यु

मोरङ कारागारका बन्दीको उपचारका क्रममा मृत्यु
सुन्नुहोस्

विराटनगर : जिल्ला कारागार मोरङका एक जना बन्दीको उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको छ। 

कारागारका जेलर गौरव ढुंगेलका अनुसार जबरजस्ती करणी मुद्दाका बन्दी विराटनगर महानगरपालिका–५ घर भएका ४० वर्षीय सन्तोष पालको कोशी अस्पतालमा उपचारका क्रममा  मृत्यु भएको हो। पाललाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत मोरङले २०८१ साल मंसिर ११ गते कारागार चलान गरेको थियो। 

अदालतले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि उनलाई कारागार चलान गरिएको हो। पालविरुद्धको मुद्दा अदालतमा विचाराधीन छ। मुद्दाको किनारा नलाग्दै उनको मृत्यु भएको हो।  

शरीर सुन्निने र श्वासप्रश्वासमा समस्या भएपछि पाललाई उपचारका लागि असार १२ गते कोशी अस्पतालमा भर्ना गरिएको थियो। जेलर ढुंगेलका अनुसार मृतकको शव परिवारलाई जिम्मा लगाइसकिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.