साफ यु-२० : बंगाली भूमिमा दुई वर्षअघि लागेको चोटको मलम खोज्दै नेपाल

साफ यु-२० : बंगाली भूमिमा दुई वर्षअघि लागेको चोटको मलम खोज्दै नेपाल

ढाका : नेपाल राष्ट्रिय यु-२० महिला फुटबल टिम अहिले बंगलादेशमा छ। साफ यु-२० महिला च्याम्पियनसिपमा भाग लिन नेपाली टोली बंगलादेश आएको हो। नेपाली टिम घरेलु भूमिमा बलियो प्रतिस्पर्धी बंगलादेशलाई पाखा लगाउँदै उपाधि जित्न चाहन्छ।

दुई वर्ष अगाडि नेपालले बंगलादेशसँग फाइनलमा पराजित हुँदै उपविजेतामा सीमित बनेको थियो। त्यसबेलाको उपाधि भोक प्रशिक्षक यमप्रसाद गुरुङ नयाँ टिमको साथमा मेटाउन चाहन्छन्। उनी भन्छन्, ‘यो पालीको हामीलाई प्रतिस्पर्धी भनेको बंगलादेश हो। २ वर्ष अगाडि हामीले बंगलादेशसँग हार व्यहोरेका थियौं। जसका कारण यसपटक हामी त्यसको बदला लिन चाहन्छौं।’

नेपालले यो प्रतियोगिताका लागि डेढ महिना लामो तयारी गरेको छ। यसपटक देशभरिबाट छानिएर आएका र महिला लिगमा राम्रो गरेका खेलाडीलाई प्रशिक्षक गुरुङले टिम बनाएका हुन्।

यस टिमको कप्तानको रूपमा रहेकी बिर्सना चौधरी पनि टिमको तयारी राम्रो भएको र यस पटक उपाधि जित्ने लक्ष्यसहित आफूहरू बंगलादेश आएको बताइन्। ‘हाम्रो तयारी निकै राम्रो छ। सबै टिम बलियो नै छ। हामीले १ महिना भन्दा बढी तयारी गरेका छौं। हामी यहाँ जित्ने नै भनेर आएका हौं र हामी जित्ने नै छौं।’

नेपालको लागि २०२३ मा पछिल्लो समय उपविजेता बनाएको बंगालको खाडीमा मलम लगाउने प्रतियोगिता हुनेछ। ९ जना सिनियर टिम खेलेका खेलाडी लिएर घरेलु भूमिमा उत्रिएको बंगलादेश नै नेपालको लागि सबैभन्दा बलियो प्रतिस्पर्धी हुनेछ।

null

साफ यु-२० नेपाली सिनियर टिमको ‘ब्याकअप’
हालको नेपाली यु-२० टिम नेपाली सिनियर टिमको ब्याकअपको रूपमा हेरिएको छ। भविष्यमा राष्ट्रिय टिमको निब धान्ने खेलाडीहरूको रूपमा यो टिमलाई हेरिएको छ। टिममा रहेका तीन जना गोलकिपर राम्रो उचाइ रहेका गोलकिपर छन्। जसमा सुजाता तामाङ, लीला जोशी र करुणा बुढाथोकी राम्रो उचाइ भएका खेलाडीहरू हुन्। यी खेलाडीहरू राष्ट्रिय टिमको भविष्य हुन्। गोलकिपर प्रशिक्षक मीन बस्नेत भन्छन्, ‘अहिलेको राष्ट्रिय टिमको ब्याकअप भनेको यही तीन गोलकिपर हुन्। यीबाहेक आर्मी र संकटा क्लबको एक-एक जना गरी ५ जना गोलकिपर छन्। यीनै खेलाडी भविष्यको राष्ट्रिय टिमको ब्याकअप हुन्।’

राष्ट्रिय टिमका प्रशिक्षक याम प्रसाद गुरुङ भन्छन्, ‘यी खेलाडीहरू मोफसलको खेलमा सँगै खेलिरहेका हुन्छन्। जसले गर्दा अहिले यो टिम बलियो बनेको छ। यी खेलाडीहरू नै राष्ट्रिय टिमको धरोहर धान्ने हुन्।’

फर्वाडमा मिना देउवालाई नेपाली टिमको भविष्यको रूपमा हेरिएको छ। टिममा मिडफिल्डमा कुशुम खतिवडा, हालः यु-२० टिमकी कप्तान बिर्सना चौधरी, फर्वाडमा वर्षा ओली राम्रो भविष्य बोकेको खेलाडीको रूपमा हेरिएको छ।

नेपालका प्रशिक्षकलाई यु-२० टिममा कोही पनि खेलाडी राष्ट्रिय टिम खेलेको छन्, कि छैनन्, भन्ने प्रश्नमा प्री-म्याच प्रेस कन्फ्रेन्समा प्रशिक्षक गुरुङ भन्छन्, ‘हाम्रो टिममा कुनै पनि राष्ट्रिय टिमका खेलाडी छैनन्। तर, भविष्यमा राष्ट्रिय टिममा खेल्न सक्ने सम्भावना छ।’ अनुभवी प्रशिक्षक गुरुङ यसपटक टिमले राम्रो गर्नसक्ने बताउँछन्। उनले बंगलादेश आउनुअघिको टिम बिदाइमा पनि टिममा राम्रो भविष्य बोकेको खेलाडी रहेको बताए।

null

महिला फुटबलमा विकासोन्मुख भुटान
यसो भन्दै गर्दा नेपालको प्रतिस्पर्धी पनि कम भने छैनन्। दक्षिण एसियाली फुटबलमा विकासको बाटो समाइरहेको भुटानी राष्ट्रिय टिम पनि यो प्रतियोगिताबाट आफ्नो भविष्य सुनिश्चित गर्न चाहन्छ। दक्षिण एसियाली महिला फुटबलमा नयाँ इतिहास बनाइरहेको भुटानले हालः युवा खेलाडी प्रोत्साहन र विकासका लागि यो प्रतियोगिता खेल्न लागेको बतायो। भुटान यु-२० महिला टिमकी प्रशिक्षक टंक माया घले भन्छिन्, ‘हामीले यो प्रतियोगिताका लागि निकै राम्रो तयारी गरेका छौं। एकदमै व्यस्त तालिकाको बीचमा पनि हामीले राम्रो तयारी गरेका छौं।’

त्यस्तै कप्तान सेन्दु छिरिङ पेल्जोम भन्छिन्, ‘हामी यो प्रतियोगिताको लागि निकै सकारात्मक छौं।’ हाल भुटानमा महिला लिग चलिरहेको छ। यहाँ दक्षिण एसियाका हस्ती खेलाडीहरू पुगेका छन्। बंगालादेश फुटबल टिमकी पूर्व कप्तान सबिना खातुन, फर्वाड मारिया मान्डाजस्ता खेलाडीहरू गएका छन्। नेपालबाट पनि पूजा राना, राष्ट्रिय टिम डेब्यु गरिसकेकी सबिना चौधरीजस्ता खेलाडी खेलिरहेका छन्।

भुटानले हालः महिला फुटबलमा गरेको लगानी र आगामी दिनमा भुटान महिला फुटबलको एक बलियो राष्ट्र बन्ने तयारीमा रहेको छ। ‘मैले त्यहाँ बंगलादेशी खेलाडी मारिया मान्डासँग खेल्ने मौका पाएँ। उनको क्षमता र दक्षता निकै राम्रो रहेको छ,’ कप्तान पेल्जोमले बताइन्।

null

 
युवा खेलाडीलाई सिकाउने र विकास गर्ने श्रीलंकाको लक्ष्य
यो प्रतियोगितामा श्रीलंका अन्य टिमको तुलनामा केही कमजोर देखियो। यसो भन्दै गर्दा टिम नराम्रो भन्न सकिँदैन। श्रीलंकाका प्रशिक्षक श्रीरान्था कुमाराले यो प्रतियोगिताले श्रीलंकामा महिला फुटबलको विकासका लागि मद्दत गर्ने बताए। महिला खेलाडीलाई विकास गर्न युवा खेलाडी उत्पादन र प्रोत्साहनका लागि छोटो समयको तयारीले यो प्रतियोगितामा भाग लिन आएको श्रीलंकाका प्रश्क्षिक कुमाराले बताए। ‘हामी यो प्रतियोगितामा छोटो तयारीका साथ आएका हौं। यो प्रतियोगितामा भाग लिन आउनुको कारण हामी श्रीलंका महिला फुटबलमा युवा खेलाडी उत्पादन गर्न चाहन्छौं।’

१० दिनको छोटो तयारी लिएर प्रतियोगितामा भाग लिन आएको श्रीलंका युवा खेलाडीलाई अन्य देशका खेलाडीसँग परीक्षण गर्न चाहन्छ। ‘हामी ८/१० दिनको तयारी लिएर आएका हौं। हामी हाम्रो युवा खेलाडी परीक्षण गर्न चाहन्छौं।’ प्रशिक्षक कुमारा पनि आफ्नो देशलाई एसियन क्षेत्रसम्म पूर्याउने सपना देख्छन्। उनी भन्छन्, ‘जसरी दक्षिण एसियाली क्षेत्रबाट भारत र बंगलादेश एसियन क्षेत्रमा छनोट भए हामी पनि त्यहाँसम्म पुग्न तयारी गरिरहेका छौं।’ कम तयारीका बावजुद पनि श्रीलंका राम्रो खेल खेल्न चाहन्छ।

टिमकी कप्तान सान्दुनी सोमिनी भन्छिन्, ‘हाम्रो टिमको ९० देखि ९५ प्रतिशत खेलाडीको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो। थोरै समय तयारी गर्यौ, तर हामी तयार छौं। हामी राम्रो खेल खेल्नेछौं।’ उनले प्रि म्याच प्रेस कन्फ्रेन्समा टिमको तयारीबारे बताइन्।

राष्ट्रिय टिमका खेलाडीले भरिएको बंगलादेशी टिम
यस प्रतियोगितामा नेपालको लागि सबैभन्दा बलियो प्रतिस्पर्धी घरेलु टिम बंगलादेश हो। बंगलादेशले हालसालै पहिलो पटक एसियन कपको छनोट चरण पार गरेको छ। आगामी वर्ष अष्ट्रेलियामा हुने एसियन कपमा स्थान बनाएको बंगाली टिमको ९ जना खेलाडीले साफ यू२० प्रतियोगिता खेल्नेछन्। राष्ट्रिय टिमका समेत प्रमुख प्रशिक्षक रहेका पिटर जेम्स बटलरले एसियन कप छनोट खेलेका ९ जना खेलाडी समेटेदै साफ यू२० खेल्ने टिमको घोाषणा गरेका हुन्।

उनले एसिया कप छनोट खेल्ने टिममा रहेका गोलकिपर स्वर्ण रानी मण्डल र माइल अख्तर, डिफेन्डर जोइनब बीबी रिता, मिडफिल्डर मुन्की अख्तर र सपना रानी, फर्वाड नबीरन खातुन, सागोरिका र उम्लि मार्मा तथा स्ट्राइकर अफिदा खानदोकरलाई साफ यू२० को लागि छनोट गरेका हुन्। बंगलादेशको टिम निकै बलियो र अनुभवी रहेको छ। बंगलादेशको टिम निकै सन्तुलित र लामो समयदेखि एक अर्कासँग खेलिरहेको हुँदा खेलाडीले एक अर्कालाई बुझ्न निकै सजिलो छ। स्ट्राइकर अफिदा आफैंले यू२० को टिमको नेतृत्व गर्छिन्। घरेलु मैदान भएको कारण बंगाली टिमलाई घरेलु समर्थक र मैदानको पनि साथ मिल्नेछ।

null

प्रशिक्षक पिटर जेमस बटलर यो प्रतियोगिता सिनियर टिमको एसियन कप छनोटले गर्दा धेरै समय तयारी गर्न नपाए पनि खेलाडी सबै एकै ठाउँमा भएका कारण बंगलादेशले घरेलु भूमिमा यो उपाधि जितेर यो क्षेत्रमा आफू राम्रो भएको चिनाउन चाहन्छ। ‘हामी घरेलु टिममा उपाधी जितेर हामी यो क्षेत्रमा राम्रो छौं । गर्न सक्छौं भनेर साबित गर्न चाहन्छौं।’

सिनियर टिमबाट भर्खर मात्रै एसियन कपको लागि छनोट भएर आएको यो टिमका खेलाडीको मनोबल निकै उच्च रहेको छ। कप्तान अफेदा भन्छिन्, ‘हाम्रो टिमको सबै पक्ष बलियो रहेको छ। हामी भर्खरै एसियन कप खेलेर आएका हौं। जसले गर्दा सबै मिलेको छ।’ चार टिम मात्र सहभागी भएकाले डबल राउण्ड रोविन लिगको आधारमा खेलहरू हुनेछ। पहिलो खेलमा नेपालले भुटानसँग ११ जुलाईमा खेल्नेछ।

दोस्रो खेलमा नेपालले १३ जुलाईमा बंगलादेशसँग, त्यसपछि नेपालले १५ र १७ जुलाईमा श्रीलंकासँग तथा १९ जुलाईमा भुटान र २१ जुलाईमा बंगलादेशसँग खेल्ने छ। यो प्रतियोगिता एएफसी यु-२० महिला एसियन कप छनोटको तयारीको रूपमा रहेको एन्फाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.