खेलकुद मन्त्रीले भने- एनपीएल रोकिँदैन, छानबिनको विषयलाई अतिरञ्जित नबनाऔं

खेलकुद मन्त्रीले भने- एनपीएल रोकिँदैन, छानबिनको विषयलाई अतिरञ्जित नबनाऔं
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिग (एनपीएल) रोक्ने पक्षमा आफू नरहेको प्रस्ट पारेका छन्। शुक्रबार विज्ञप्ति जारी गरेर मन्त्री चौधरीले कार्यदलले बुझाएको प्रतिवेदनमा पनि एनपीएललाई निरन्तरता दिने उल्लेख भएको बताएका छन्। एनपीएल रोक्न आफ्नो नै संलग्नता रहेको भनी प्रसारित विषयमा उनले आपत्ति पनि जनाए।

'एनपिएलको दोस्रो संस्करण नियमानुसार आयोजक संस्थाबाटै सञ्चालन हुने अपेक्षा राखेको अवस्थामा सो संस्करण रोक्नका लागि मेरो संलग्नता भएको भनि प्रचार गरिनु गलत विषय हो। एनपिएलको आगामी संस्करण निरन्तरताकै पक्षमा छानबिन कार्यदलको प्रतिवेदनमा समेत उल्लेख भएको अवस्थामा यस्ता गलत प्रचारले क्रिकेटप्रेमी आम जनसमुदाय, खेलाडी र प्रतिस्पर्धी टीमको मनोबल गिराउने भएकाले त्यस्तो किसिमको भूमिका नखेलिदिन अनुरोध गर्दछु,' मन्त्री चौधरीले भनेका छन्।

राष्ट्रिय खेलकुद परिषदकी सदस्य रञ्जना प्रधान नेतृत्वकको कार्यदलले असार २५ गते नै छानबिन प्रतिवेदन बुझाएको मन्त्री चौधरीको भनाइ छ। उनले प्रतिवेदन अध्ययन गरेर मन्त्रालयले कार्यान्वयनको प्रक्रिया अगाडि बढाउने बताएका छन्। 

मन्त्री चौधरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका विषयमा छानबिन गर्न मन्त्रालयमा पत्राचार भएको र त्यहीबमोजिम कार्यदल बनाएर छानबिन गरेको स्पष्ट पारेका छन्। उनले खेल संघ/महासंघ भित्रको आर्थिक, प्रशासनिक गतिविधि पारदर्शी र प्रचलित कानुन नियमानुसार हुनुपर्ने बताए। उनले खेल र खेलाडीको माध्यमबाट मात्रै खेलकुद क्षेत्रको समग्र विकास हुने कुरामा कुनै शंका नगर्नसमेत अपील गरे। 'सबै खेल संघ/ महासंघहरूलाई प्रचलित कानुनको अधीनमा रही आफ्ना गतिविधि सञ्चालन गर्नसमेत हार्दिक अनुरोध गर्दछु,' विज्ञप्तिमा उनले भनेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्री चौधरी लक्षित अभिव्यक्ति दिँदै एनपीएल नरोकिने बताएका थिए। उनले एनपीएल राष्ट्रको गौरव रहेको बताउँदै भव्य तयारी गर्न मन्त्रालय र राखेपलाई निर्देशन दिएका थिए। त्यस्तै राष्ट्रिय खेलकुद पनि मंसिरमै गर्न मन्त्री चौधरीलाई प्रधानमन्त्रीले निर्देशन दिएका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.