प्रधानमन्त्री ओली आज झापा आउँदै

प्रधानमन्त्री ओली आज झापा आउँदै
फाइल तस्बिर
सुन्नुहोस्

झापा : प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज गृहजिल्ला झापा आउने भएका छन्। प्रधानमन्त्री ओली आज र भोलि झापा र इलामका विभिन्न कार्यक्रममा सहभागी हुन आउन लागेका हुन्। उनी आज बिहान ११:३५ बजे भद्रपुरस्थित चन्द्रगढी विमानस्थल आउन कार्यक्रम रहेको जनाइएको छ। 

कार्यक्रम तालिका अनुसार आज दिउँसो १२ बजे झापाको बुद्धशान्ति गाउँपालिका-३ स्थित भागिरथा न्यौपाने अस्पताल उद्घाटन गर्नेछन्। त्यसपछि बुद्धशान्तिबाट इलाम प्रस्थान गर्नेछन्। 

आजै दिउँसो २:१५ बजे इलामको माई नगरपालिका-२ मा नगर अस्पताल उद्घाटन, सुकुम्वासीलाई धनीपुर्जा वितरण र खानेपानी आयोजनाको शिलान्यास गर्नेछन्। प्रधानमन्त्री ओलीले आजै दिउँसो ४:४५ बजे कनकाई नगरपालिका-३ स्थित उद्योग वाणिज्य संघको हलमा आयोजना हुने कार्यक्रममा सुकुम्वासीलाई जग्गाधनी पुर्जा वितरण गर्ने कार्यक्रम रहेको छ। आज प्रधानमन्त्री ओली झापाको दमकमै बस्ने छन्।

आइतबार बिहान १० बजे प्रधानमन्त्री ओलीले दमक-२ स्थित पूर्वपश्चिम राजमार्गको कृष्ण मन्दिर खण्डबाट उत्तर मदनडाँगी ताराबारी डिपो सडकको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। भोलि बिहान साढे ११ बजे गौरीगञ्ज पश्चिममा हुलाकी राजमार्गमा निर्मित रतुवा खोलाको पुल उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

भोलि नै दिउँसो साढे १ बजे प्रधानमन्त्री ओलीले बिर्तामोडको सिटी सेन्टरमा आयोजना हुने नेकपा एमालेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम सहभागी पश्चात् काठमाडौँ फर्किने कार्यक्रम रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.