स्वास्थ्य बिमाकै शुल्कमा सबै शल्यक्रिया गर्दै निजी अस्पताल

स्वास्थ्य बिमाकै शुल्कमा सबै शल्यक्रिया गर्दै निजी अस्पताल
फाइल तस्बिर
सुन्नुहोस्

विराटनगर : कोशी प्रदेशको राजधानी बिराटनगरमा सञ्चालनमा रहेको गोल्डेन अस्पतालले स्वास्थ्य उपचारमा भारी छुटको घोषणा गरेको छ । गोल्डेनले स्वास्थ्य बीमले तोकेको दरमा सबै प्रकारको शल्यक्रिया गर्ने घोषणा गरेको हो । 

निजी अस्पतालहरूले बिरामीलाई सास्ती भोगाउदै मनमर्जी विभिन्न बहानामा शुल्क लिने गरेको चोतर्फी आलोचना भईरहेका बेला गोल्डेन अस्पतालले स्वास्थ्य बीमाले तोकेको दरअनुसार शल्यक्रिया सेवा प्रदान गर्ने घोषणा गरेको हो । अन्य अस्पताल भन्दा अस्पतालले बिरामीहरूलाई सहुलियत दरमा उपचार गर्ने घोषणा अस्पतालका प्रबन्धक निर्देशक डा. श्यामकुमार रौनियारले गरेको हो । 

सामाजिक उत्तरदायित्वअन्तर्गत बिरामीलाई सहुलियत दिने उद्देश्यले शल्यक्रियामा भारी छुट योजना लिएर आएको अस्पतालका संचालक सनातन मण्डलले जानकारी दिए । नाफा कमाउनेभन्दा जनताको स्वास्थ्य सेवामा योगदान पुर्‍याउने उद्देश्यले रहेको उनले बताए ।

निर्देशक डा. श्यामकुमार रौनियारले नेपाली स्वास्थ्य प्रणालीमा एक उदाहरणीय र ऐतिहासिक कदमको रूपमा आफूले विरामीलाई कम खर्चमा उपचार गर्ने योजना बनाएको सुनाए । ‘नेपाल सरकारको सर्वसुलभ स्वास्थ्य सेवा दृष्टिकोणलाई पूर्णरूपमा आत्मसात गर्दै हामीले आफ्नो नाफाभन्दा समाजप्रतिको दायित्वलाई प्राथमिकता दिएका छौं,’ डा. रौनियारले भने, ‘लामो समयदेखि शल्यक्रियाका लागि प्रतीक्षारत बिरामीहरूका लागि यो अत्यन्त महत्वपूर्ण निर्णय भएको गरेको छौं ।’ 

अस्पतालका प्रशासन प्रमुख ज्याहुलक हकले शल्यक्रियाका लागि चाहिने औषधिको प्याकेज समेत सस्तोमा अस्पतालले उपलब्ध गराउने बताए । शल्यक्रियामा लाग्ने औषधि चिकित्सकको सल्लाहअनुसार बाहिरबाट किनेपछि महँगो हुने भएकाले विभिन्न औषधि कम्पनीसँग सम्बन्य गरेर अस्पतालले सस्तोमा उपल्ब्ध गराउने जानकारी दिए । अस्पतालले यो नीतिको मुख्य उद्देश्य शल्यक्रिया सेवा लिनका लागि भोगिरहेको लामो र झन्झटिलो प्रक्रिया, लामो प्रतीक्षा सूची र सेवाको अभावबाट मुक्त गराउने रहेको दाबी गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.