हात्तीको आक्रमणबाट महिलाको मृत्यु
विराटनगर : मोरङमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार बेलबारी नगरपालिका–८ बाँसबारीकी करिब ४५ वर्षीया अमिना राजवंशीको मृत्यु भएको हो।
स्थानीय ३५ वर्षीया बन्दना राजवंशीसँगै घर नजिकको खेतमा पानी लगाउन गएका बेला हात्तीले अमिनालाई आक्रमण गरेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !