जग्गा दर्ता गराइदिने भन्दै रकम असुुल्दै

जग्गा दर्ता गराइदिने भन्दै रकम असुुल्दै
सुन्नुहोस्

महोत्तरी : गौशाला नगरपालिका १२ परोडियामा जग्गा दर्ता गराइदिने भन्दै अवैध तवरले रकम असुुली गर्दै आएको तथ्य सार्वजनिक भएको छ । वर्षौंदेखि बसोवास गर्दै आएको जग्गा नाममा पास गराइदिने भन्दै प्रतिकिता ५० हजारका दरले रकम असुल गर्दै आएको खुलासा भएको छ । 

वडा कार्यालयले गठन गरिएको उपसमितिका सदस्यहरूले यसरी खुलेआम पीडितहरूसँग ५० हजारका दरले रकम उठाउँदै आएको स्थानीय दीपेन्द्रबहादुर तामाङले आरोप लगाएका छन् । उनले भने, यहाँका १ सय ५ घरपरिवारसँग जग्गा पास गराइदिनका लागि वडा कार्यालयले ५ सदस्यीय उपसमिति गठन गरिएको छ । सो कार्यका लागि खर्चको जोहोका लागि उनीहरूसँग सो पैसा असुल्दै आएको छ । उनीहरूलाई मौखिक प्रलोभन देखाइ उठाएको पैसाको भने कुनै किसिमको लिखित दस्तावेज रहेको छैन ।

स्थानीय ९५ वर्षीय भागवतनारायण झाले भने, ‘विश्वासका भरमा वर्षौैं पहिले मनरा सिस्वाका जोगीसिंह (हाकिम साब) सँग विश्वासको भरमा खरिद गरिएको थियो । जमिन खरिद गरेको पाँच दशक बित्दासमेत जग्गा पास नगरिदिएपछि उनीहरूको कुरामा सुलभ रूपमा विश्वास गरी सो रकमको जोहो गरी दिएको हुँ । 

जग्गा बिक्री गर्ने जोगी सिंहको पनि धेरै वर्षअघि मृत्यु भइसकेकाले समस्याको समाधान अलि मुस्किल नै रहेकाले समझदारीको विकल्पले जग्गा पास गराउने तयारी भइरहेको गौशाला नगरपालिका–१२ को कार्यालयले जनाएको छ । रकम असुल गरेको सम्बन्धमा कार्यालयलाई जानकारी नरहेकोले यस विषयमा गम्भीर रुपमा अनुसन्धानमा जुटिने कार्यालय स्रोतले जनाएको छ । 

यसैबीच राष्ट्रिय भूमि अधिकार मञ्च महोत्तरीका अध्यक्ष पिताम्बर महतोले अनाधिकृत रूपमा रकम असुली कार्यमा संलग्न उपसमितिका सदस्यहरूलार्ई अब कानुनीको दायरामा आउने बताएका छन् । यस विषयमा जिल्ला प्रशासन कार्यालयसँग समन्वयन गरी दोषीलाई कानुन अनुसारको कारबाही गरिने महतोले प्रतिक्रिया दिएका छन् । उनले ती बस्तीका जग्गा पास गर्ने प्रक्रिया धेरै अगाडि बढिसकेकाले अब केही दिनभित्रमा नै जग्गा नामसरी हुने जानकारी दिएका छन् ।

गौशाला नगरपालिका–१२ मा अवस्थित साविकको गाविस भरतपुर ९ घ को कित्ता नम्बर १४ मा रहेको १३ बिघा १५ कट्ठा ५ धुर जग्गा वर्षौैं पहिले खरिद गरिए तापनि जग्गा नामसरी भएका छैन । जहाँ स्थानीय १ सय ५ घरपरिवार अव्यवस्थित रूपमा आश्रित छन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.