दुर्घटनापछि मृत्यु : क्षतिपूर्तिको माग गर्दै झलारी बन्द

दुर्घटनापछि मृत्यु : क्षतिपूर्तिको माग गर्दै झलारी बन्द
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

महेन्द्रनगर : पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीमा सडक अवरुद्ध गरिएको छ । झलारीका स्थानीय ललितराज जोशीको सवारी दुर्घटनामा मृत्यु भएपछि उनका आफन्तले आइतबार बिहानदेखि सडक अवरुद्ध गरेका हुन ।

शुक्रबार बेदकोट नगरपालिका–१० स्थित पूर्व-पश्चिम राजमार्गमा त्रिपुरा मन्दिर नजिकै बा ६६प ८७८७ नम्बरको मोटरसाइकलले ललित सवार लुप्र ०३–००१ प २८५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए।  उपचारका क्रममा उनको महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

घटनाको सत्यतथ्य अनुसन्धान गरी दोषीमाथि कारबाही र क्षतिपूर्तिको माग गर्दै मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।  घटनामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले पीडित पक्षसँग छलफल भइरहेको बताए । 'राजमार्ग बन्द छ, पीडित पक्षसँग छलफलमा छौं,अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ,' उनले भने ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.