मन्त्री गुप्ताको अडियो प्रकरणले संसदमा हंगामा, माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ

मन्त्री गुप्ताको अडियो प्रकरणले संसदमा हंगामा, माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ

काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसदहरूले सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणमा सरकारको जवाफ माग गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा धारणा राख्दै माओवादी सांसदहरूले सामान्य प्रशासन मन्त्रीको घुससम्बन्धी अडियो प्रकरणमा सरकारको जवाफ माग गरेका हुन्।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सामान्य प्रशासन मन्त्री र भूमि व्यवस्था मन्त्रीको घुस डीलसम्बन्धी समाचारहरू सार्वजनिक भएको भन्दै यसबारे प्रधानमन्त्रीले सदनमा जानकारी दिन माग गरे। सुशासनका विषयमा सरकारले बलियो कलम चाल्नसमेत उनले माग गरे।

त्यस्तै माओवादी केन्द्रकी सांसद रेखा शर्माले सामान्य प्रशासनमन्त्री र भूमि व्यवस्थामन्त्रीले कर्मचारी सरुवामा ७८ लाखको डील गरेको भन्ने समाचारहरू बाहिर आइरहेको भन्दै प्रधानमन्त्रीले सदनमा जानकारी गराउन माग गरिन्।

उनले यस प्रकरण छानबिन गरी दोषी भेटिए कारबाही हुनुपर्ने उल्लेख गरिन्। त्यस्तै माओवादी केन्द्रका अर्का सांसद सुदन किरातीले सुशासनका लागि भनेर बनेको सरकारको छातीमा कुशासनको तक्मा थपिएको जिकिर गरे। सामान्य प्रशासनमन्त्री र भूमि सुधारमन्त्रीको बारेमा सञ्चारमाध्यममा आएका विषयमा सरकारको तर्फबाट संसद्लाई सत्यतथ्य जानकारी गराउनुपर्ने उनले माग गरे। 

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कर्मचारी सरुवा रोक्न र नियुक्ति दिलाउन ७८ लाख घुसको डिल गरेको अडियो सार्वजनिक भएपछि प्रतिपक्षीले सरकारको जवाफ माग गरेको हो। यस विषयमा सत्तापक्ष दलबाट भने कुनै प्रतिक्रिया आएको छैन। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.