प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो
काठमाडौं : प्रि ओपन सेसनमा सोमबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक १.१५ अंकले बढेर २७६१.९६ विन्दुमा पुगेको छ।
यो समयमा ५४ वटा स्क्रिप्सको ७ हजार ३०७ कित्ता सेयर २५ लाख ७ हजार ५२३ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २६ वटा स्टक्सको मूल्य बढ्दा १७ वटाको घट्यो। एक स्टकको मूल्य भने स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !