सुनको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?
काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज सुनको मूल्य ४०० रुपैयाँले बढेको हो।
मूल्य बढेसँगै एक तोला सुनको मूल्य १ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार सोही परिमाणको सुन मूल्य १ लाख ९२ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। आइतबार तोलामा २ हजार २८५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज २ हजार ३१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !