बीमा प्राधिकरणका अध्यक्ष ओझाविरुद्ध छानबिन गर्न सरकारले बनायो समिति

बीमा प्राधिकरणका अध्यक्ष ओझाविरुद्ध छानबिन गर्न सरकारले बनायो समिति

काठमाडौं : नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै सरकारले छानबिन समिति गठन गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष ओझाको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै तीन सदस्यीय छानबिन समिति गठन गरेको हो।

उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानबिन समिति गठन भएको बैठकमा सहभागी एक मन्त्रीले बताए। सरकारले गत फागुन १२ गते ओझालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो।

बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त भएदेखि नै उनको योग्यतामाथि प्रश्न उठ्दै आएको छ। उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि ओझाले पेस गरेको अनुभव र सिफारिस कागजत्रबारे छानबिन गरिरहेको छ। उनले पेस गरेका कागजातहरूमाथि प्रश्न उठेपछि अख्तियारले छानबिन गर्न लागेको हो। बीमा क्षेत्रको अनुभव नभएको भन्दै सरोकारवाला निकायहरूले पनि ओझाको नियुक्तविरुद्ध आवाज उठाउँदै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.