बीमा प्राधिकरणका अध्यक्ष ओझा स्वतः निलम्बित

बीमा प्राधिकरणका अध्यक्ष ओझा स्वतः निलम्बित

काठमाडौं : नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा स्वतः निलम्बन भएका छन्। सरकारले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानबिन समिति गठन गरेपछि अध्यक्ष ओझा स्वतःनिलम्बनमा परेका हुन्।

बीमा ऐन २०७९ को दफा १२ को उपदफा ३ अनुसार उनी स्वतः निलम्बनमा परेका हुन्। 'अध्यक्ष वा कुनै सदस्यको हकमा उपदाफ (२) बमोजिम छानबिन समिति गठन भएपछि छानबिनको अवधि समाप्त नभएसम्म त्यस्तो व्यक्ति स्वतः निलम्बन हुनेछ,' बीमा ऐनमा भनिएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष ओझाको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै तीन सदस्यीय छानबिन समिति गठन गरेको हो। सरकारले गत फागुन १२ गते ओझालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.