जिल्लाभरिका छाउगोठ भत्काउन निर्देशन
कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिकामा छाउगोठमा सुतेकी महिलाको सर्पले टोकेर मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले ९ वटै पालिकालाई पत्राचार गर्दै जिल्लाभरिका छाउगोठ भत्काउन निर्देशन दिएको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले सोमबार जिल्लाभरिका ९ वटै स्थानीय तहहरूलाई सम्बोधन गर्दै छाउगोठ भत्काउने अभियानमा लाग्न पत्राचार गरेका हुन्। शनिबार राति कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला आउजीको छाउगोठमा सुतिरहेका बेला सर्पले टोकेर मृत्यु भएको थियो।
‘हामीले सोमबार ९ वटै स्थानीय तहहरूलाई पत्राचार गरेका छौं। त्यहाँ रहेका सबै छाउगोठ भत्काउने अभियान सञ्चालनका लागि स्थानीय तहहरूलाई अनुरोध गरेका छौं। त्यसमा हाम्रो प्रहरी पनि सहभागी हुन्छ। यो कुप्रथा उन्मूलन गर्न अभियान नै सञ्चालन गर्नुपर्छ’, प्रमुख जिल्ला अधिकारी ढकालले भने। प्रमुख जिल्ला अधिकारी ढकालले जारी गरेको पत्रमा भनिएको छ, ‘कृष्णपुर नगरपालिका–१ की कमला आउजीको छाउगोठमा सुतिरहेको अवस्थामा सर्पले टोकेर मृत्यु भएको सन्दर्भमा यस जिल्लाका ९ वटै स्थानीय तहमा रहेका छाउगोठ हटाएर परम्परागत रूपमा रहेको कुप्रथा हटाउन आवश्यक देखिएकाले पालिकाबाट आवश्यक निर्णय गरी उक्त सामाजिक कुप्रथा अन्त्य गर्न छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न गराउन अनुरोध छ।’
प्रमुख जिल्ला अधिकारी ढकाल र कृष्णपुरका मेयर हेमराज ओझा सोमबार मृतकको घरको निरीक्षणमा गएका थिए। कमलाको घरमा रहेको छाउपडी मर्मत नगरेको भएकाले उनी जेठाजुको घरमा सुत्न गएकी थिइन्। सोमबार उनको जेठाजुको घरको छाउगोठ भने भत्काएको अवस्थामा थियो।
कमलाको शव सेती प्रादेशिक अस्पतालमा छ। आइतबार बिहान अस्पतालमै उपचारका क्रममा उनको ज्यान गएको थियो। कमलाको पहाड घर अछाम हो। उनको पूरै परिवार भारतमा बस्छ। भारतको कमाईले पक्की घर बनाएर तीन जना छोरालाई पढाउन कञ्चनपुर फर्केकी कमलाको शनिबार राति छाउगोठमा सर्पले टोकेपछि उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। अछामबाट तराई झरेका बासिन्दा अहिले पनि देवीदेवता रिसाउँछन् भन्ने अन्धविश्वासका कारण पक्की घर भए पनि छाउगोठमा बस्ने गरेका छन्। कमला पनि शनिबार आफ्नो घर नजिकैको छाउगोठ राम्रो नभएकाले नजिकै रहेको जेठाजुको छाउगोठमा सुतेकी थिइन्। उनको हालै बनाएको ५ कोठाको पक्की घर हुँदाहुँदै उनी परम्परा मान्ने नाममा जेठाजुको छाउगोठमा गएकी हुन्।
बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिएका महतोले सरकारलाई समर्थन गरेपछि ‘गुलाम’ बनाएको भन्दै भने, ‘पढ्दै नपढेको, हेर्दै नहेरेको योजनाका बारेमा कसरी छलफल गरौं ? शोषित भएकाले शोषण गर्दैनन् भन्छन्। तर, तपाईंले आज बहुमतको बलमा, सत्ताको बलमा, समर्थन दिएको बलमा सबै मान्यजनलाई ‘गुलाम’ बनाउनुभयो,’ उनले भने, ‘सरकारले आज नयाँ रेकर्ड बनाउँदै छ।’
बिचौलियाले बजेट बनाएको भन्ने जनमत पार्टीको केन्द्रीय अध्यक्षकै निर्वाचन क्षेत्रमा १ सय १५ करोडको योजना गएको उनले बताए। ‘बिचौलियामा त तपाईंकै प्रवेश छ। कि सरकारभित्रै बिचौलिया छ ? सरकारले स्पष्ट पार्नुपर्छ’, सरकारले घाटा बजेट प्रस्तुत गरेर प्रदेशमाथि चुनौती थपेको बताउँदै ‘आम्दानी अठन्नी, खर्च रुपैयाँ’ गर्न खोजेको उनले आरोप लगाए।
नेपाली कांग्रेसका सांसद वीरेन्द्र सिंहले मधेस सरकार बेथिती नै बेथितीले भरिएको सरकार भएको बताए। विगतमा ५० लाखभन्दा कमको बजेट नल्याउने बाचा गरेको सरकार र सांसदले ५ लाखसम्मको योजना ल्याएर जनताको अगाडि मुख देखाउन लायक नभएको सिंहको भनाइ छ।
उनले भने, ‘छातीमा मुक्का राखेर बोल्न आएको छु, विकृति, बेथितिले भरिएको सरकारको मन्त्रालय, मधेसको नागरिकको इच्छा र आकांक्षासँग खेलवडा गरिरहेको सरकार, सहिदको सपनामा तुषारापात गरेको सरकार ! कर्मचारी सरुवा बचाउन पैसाको जोहोमा लागेको छ, सरकारको मन्त्री नयाँ गाडी किन्नमा लागेको छ। तर, मन्त्रालय व्यवस्थित छैन’
प्रतिक्रिया दिनुहोस !