काठमाडौंको जग्गाको मूल्य कति ?

काठमाडौंको जग्गाको मूल्य कति ?
सुन्नुहोस्

काठमाडौं : काठमाडौंको जग्गाको उच्च मूल्य ५० लाख रुपैयाँ प्रतिआना तोकिएको छ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको आर्थिक ऐनअनुसार हनुमानढोका पूर्वनयाँसडक, पुरानो काठमाडौं महानगरपालिका भवनको दक्षिण चोकबाट जुद्धशमशेर सालिक हुँदै इन्द्रचोकसम्मको जग्गा मूल्य ५० लाख रुपैयाँ प्रतिआना तोकिएको छ । 

त्यस्तै न्युरोड पीपलबोटदेखि दक्षिण आरबी कम्प्लेक्स चोक हुँदै पश्चिम पुरानो काठमाडौं महानगरपालिका भवन चोकसम्म, न्युरोड खिचापोखरी, धरहरासम्मको जग्गाको मूल्य पनि प्रतिआना ५० लाख राखिएको छ । महानगरपालिकाले सम्पत्ति कर मूल्यांकन गर्न जग्गाको प्रतिआना मूल्य तोक्ने प्रस्ताव गरिएको छ । केशरमहल प्रवेशद्वारदेखि पश्चिम ठमेल मूलचोक हुँदै क्षेत्रपाटी चोकसम्मको मूलबाटोमा जोडिएका जग्गाहरू, हनुमानढोका, जिल्ला प्रहरी कार्यालय पूर्वसुरज आर्केड, इन्द्रचोक, असन हुँदै भोटाहिटी चोकसम्म, असन चोकदेखि जमल राष्ट्रिय नाचघरसम्म र सोदेखि पूर्वविश्वज्योति हल हुँदै तीनधारा पाठशालासम्म मूलबाटोसँग जोडिएका, महेन्द्र सालिकदेखि काठमाडौं प्लाजासम्म मूलसडकसँग जोडिएका दायाँबायाँका जग्गाको मूल्य पनि ५० लाख रुपैयाँ प्रस्ताव गरिएको छ । 

माइतीघर, सिंहदरबार पश्चिम गेट, पुतलीसडक, कृष्णपाउरोटी, हात्तीसार, जयनेपाल, कान्तिपथ जमल, दरबारमार्ग र घण्टाघरदेखि कमलादी मोडसम्मका मूलसडकसँग जोडिएका दायाँबायाँका जग्गाको मूल्य पनि ५० लाख रुपैयाँ राखिएको छ । जमल, रानीपोखरी, वीर अस्पताल, नेपाल वायुसेवा निगम, गोश्वरा हुलाक, त्रिपुरेश्वरसम्मको मूलसडकसँग जोडिएका दायाँबायाँका जग्गाको मूल्य पनि ५० लाख मूल्यांकन गरिएको आर्थिक ऐनमा छ । रत्नपार्क, पुरानो बसपार्क, सहिदगेट हुँदै सुन्धारा चोकसम्म, सिंहदरबार पश्चिमगेट हुँदै भद्रकालीसम्मका मूलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाको भाउ पनि ५० लाख रुपैयाँ राखिएको छ ।

पुतलीसडक, बागबजार, रत्नपार्कसम्मको मूलसडकसँग जोडिएका दायाँबायाँका जग्गाको मूल्य भने ४० लाख रुपैयाँ मूल्यांकन गरिएको छ । पुतलीसडक कुमारी बैंक चोकदेखि पुरानो बसपार्कसम्मको (शुक्रपथ) मूलबाटो, पद्मोदय मोडदेखि सभागृह चोकसम्मको मूलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाको मूल्य पनि ४० लाख रुपैयाँ राखिएको छ । 

खिचापोखरीबाट दक्षिणतर्फको भुङ्ला मार्ग, गणबहाल र भोटेबहालको मूलसडकसँग जोडिएका दायाँबायाँका जग्गाको मूल्य ३६ लाख रुपैयाँ तोकिएको छ । त्यस्तै नयाँसडक गेटबाट उत्तर हुँदै महाबौद्ध (चिकं अटः) गणेशस्थानसम्म (भौंसीको मार्ग) सडकसँग जोडिएका दायाँबायाँका जग्गाको मूल्य पनि ३६ लाख नै राखिएको छ । चिकंअटः देखि इन्द्रचोकसम्म (ओटु मार्ग) सडकसँग जोडिएका दायाँबायाँका जग्गाको मूल्य पनि ३६ लाख रुपैयाँ नै तोकिएको आर्थिक ऐनमा छ । 

दुगम बहिल भौंसीको दोबाटोबाट पश्चिम साविकको रञ्जना हलको गेटसम्म (प्यूखामार्ग, फसिकेव मार्ग) र नयाँ सडक पीपलबोट दोबाटोदेखि उत्तर साविकको रञ्जना सिनेमा हलसम्म (रञ्जना मार्ग) सडकसँग जोडिएका दायाँबायाँका जग्गाको मूल्य पनि ३६ लाख रुपैयाँ प्रस्ताव गरिएको छ । लैनचौर चोकदेखि, होटल ¥याडिसन, पानीपोखरी, शिक्षण अस्पताल, नारायणगोपाल चोकसम्मका मुलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाको मूल्य ३२ लाख रुपैयाँ तोकिएको छ । बालकुमारी पुल–कोटेश्वर–तीनकुने–मीनभवन–नयाँ बानेश्वर–बिजुलीबजार–थापाथली–त्रिपुरेश्वर–टेकुस्थित विष्णुमती
पुलसम्मका मूल सडकसँग जोडिएका दायाँंबायाँका जग्गाको मूल्यांकन पनि ३२ लाख  रुपैयाँ गरिएको छ । आर्थिक ऐनअनुसार नयाँ बानेश्वर चोकदेखि कान्तिपुर डेन्टल तथा पुरानो बानेश्वर चोकदेखि गौशाला चोकसम्मका मूलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाको ३२ लाख रुपैयाँ मूल्य तोकिएको छ । माइतीघर मण्डला– पुरातत्व विभागबाट पूर्व सिंहदरबार दक्षिणगेट हुँदै हनुमान स्थानसम्मको मूल बाटोमा जोडिएका दायाँबायाँका जग्गाको मूल्य पनि ३२ लाख राखिएको छ । जिल्ला अदालत, काठमाडौं अगाडिको मूल सडकसँग जोडिएका दायाँबायाँका जग्गाको मूल्य पनि ३२ लाख रुपैयाँराखिएको छ । 

चक्रपथ जोडिएका गौशालादेखि धोबीखोलासम्मका जग्गाको मूल्य ३० लाख मूल्यांकन गरिएको छ । ५ लाखदेखि ५० लाख रुपैयाँ सम्मको जग्गा मूल्यांकन गरिएको महानगरको आर्थिक ऐनमा छ । चलनचल्तीको मूल्य भने योभन्दा धेरै बढी हुने गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.