प्रि ओपन सेसनमै घट्यो नेप्से परिसूचक
काठमाडौं : साताको तेस्रो सेयर कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक घटेर बन्द भएको छ। यो सेसनमा नेप्से परिसूचक ०.०७ अंकले घटेर २७२५.६३ विन्दुमा कायम भएको छ।
यो समयमा ४४ वटा स्क्रिप्सको ५ लाख ३७ हजार २८१ कित्ता सेयर ५२ करोड २१ लाख ३६ हजार ३६६ रुपैयाँमा खरिदबिक्री भए। प्रि ओपन सेसनमा कारोबारमा आएकामध्ये १६ वटा स्टकको मूल्य बढ्दा २४ वटाको घट्यो।
अघिल्लो कारोबार दिन सोमबार नेप्से परिसूचक ३५ अंकले घटेर बन्द भएको थियो।
प्रतिक्रिया दिनुहोस !