गौशाला नगरपालिकाका प्रधानाध्यापकहरूले बुझाए सामूहिक राजीनामा

गौशाला नगरपालिकाका प्रधानाध्यापकहरूले बुझाए सामूहिक राजीनामा
सुन्नुहोस्

महोत्तरी : गौशाला नगरपालिकास्थित सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्। मंगलबार नगरपालिकाको प्रशासन शाखामा पालिकाका ३२ वटै विद्यालयका प्रधानाध्यापकले सामूहिक रूपमा राजीनामा दिएका हुन्।

आर्थिक वर्षको अन्त्यतिर आइपुग्दा पनि नगरपालिकाको कार्यालयले अत्यावश्यक रकम निकासा नगर्दा विद्यालय सञ्चालनका लागि सकस भएपछि बाध्य भएपछि राजीनामा दिएको प्रधानाध्यापक गोपाल महतोले बताए। 

दिवा खाजा, पाठ्यपुस्तक, नन सैलरी, नगर शिक्षक र नगर अनुदान शिक्षकको तलब निकासा, सर्शत पुँजीगत तथा शैक्षिक अनुदान शीर्षकको रकम समेत अति न्यून निकासा र पटकपटक ताकेता गर्दा समेत आलटाल गरेपछि बाध्य भई राजीनामा दिएको प्रधानाध्यापक महतोले जानकारी दिएका छन्।

उनीहरूको नगरपालिकाको कार्यालयमा राजीनामा बुझाएका हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.